८ बैशाख २०८१, शनिबार

दलाल संसदीय पुँजीवादी व्यवस्था जनतालाई लुट्ने व्यवस्था हाे: बिराट

0

फागुन ११, कालिकोट । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य विराट सीले दलाल संसदीय पुँजीवादी व्यवस्था देश र जनतालाई लुटेर खाने व्यवस्था भएको बताएका छन ।

बिहीबार पचालझरना र पलाँता गाउँ कमिटीको संयुक्त पार्टी प्रशिक्षण कार्यक्रममा बाेल्दै नेता विराटले दलाल संसदीय पुँजीवादी व्यवस्था र यसका संचालकहरूका कारण नेपाल र नेपाली जनता दिनप्रतिदिन लुटिने गरेको बताएका हुन ।

कर्णाली राष्ट्रिय मुक्तिमोर्चाका संयोजक समेत रहेका नेता विराटले राष्ट्रकाे सम्पत्ति आफ्नो पुर्खेउली सम्पत्ति जस्तै ठानेर सत्तामा भएका दलालहरूले लुटेर खाने गरेको बताए ।

उनले भने “दलाल संसदीय पुँजीवादी व्यवस्था भनेको खशीकाे टाउको झुनड्एर कुकुरको मासु बेच्ने व्यवस्था हाे, याे व्यवस्थामा गुलियो नारा दिएर देश र जनतालाई लुटेर खाने गरिन्छ ।”

उनले नेपाली जनताको मुख्य दुश्मनकाे रूपमा रहेको दलाल संसदीय पुँजीवादी व्यवस्था अन्त्य नगरेसम्म नेपाल राष्ट्र र नेपाली जनता लुटिने क्रम नराेकीने ठाेकुवा गरे ।

उनले दलाल संसदीय पुँजीवादी व्यवस्थाकाे विकल्पको रूपमा एकीकृत जनक्रान्तिकाे माध्यमबाट बैज्ञानिक समाजवादको स्थापना गरि देश जनता माथि हुने सबै खाले शाेषण र उत्पीडनकाे अन्त्य गर्नुपर्ने बताए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा मध्य कर्णाली ब्युरो इन्चार्ज विवेक सीले बैज्ञानिक समाजवादको विजयलाई दलाल पुँजीवाद र भूमण्डलीकृत पुँजीवादले राेक्न नसक्ने ठाेकुवा गरे ।

यस्तै नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बलवान सीले नेपालमा दलाल पुँजीवादी व्यवस्था नबदले सम्म र बैज्ञानिक समाजवादको स्थापना नगरेसम्म देश र जनताको अवस्थामा परिवर्तन नहुने ठाेकुवा गरे ।

जिल्ला सेक्रेटरी शाहसी सीले मिटर ब्याजी र लघुवित्तकाे चर्को शाेषण विरूद्व आगाे भएर संघर्षमा लाग्न कार्यकर्तालाई निर्देशन थिए ।

संयुक्त बैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रमको अध्यक्षता पलाँता गाउँ कमिटी इन्चार्ज अनुरूप सीले गरेका थिए भने कार्यक्रमको संचालन दिलमान सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।