१४ बैशाख २०८१, शुक्रबार

वित्तिय संस्था र अवैद्य मिटरव्याजी विरूद्ध नेकपा ललितपुर(एल२)ले सङ्गर्ष गर्ने

0

फाल्गुन ११, ललितपुर /नेपाल कम्युनिस्ट पार्टी ललितपुर (एल २) ले चर्को व्याज असुल्दै जनतालाइ सास्ती दिने वित्तिय संस्था र अवैद्य मिटर व्याजी विरूद्ध सङ्गर्ष गर्ने भएको छ।

बिहबार ललितपुरको कोन्जोशोम तिप्चे भञ्ज्याङ्मामा वसेको जिल्ला समितिको वैठकले यस्ताे निर्णय गरेको हो।

नेकपाको केन्द्रीय नीति अनुसार बैंक तथा वित्तीय संस्था र अवैद्य मिटर ब्याजीहरुले जनतालाई सास्ती दिएर आत्मदाह गर्ने स्थिति सम्म पुर्याएको भन्दै नेकपाले संघर्ष गर्ने निर्णय गरेको बताईएको छ।

वैठकले बैंक तथा वित्तिय संस्थालाई ब्याजदर ६% मा झार्न आग्रह गरेको छ। उक्त बैठकले बैंक तथा वित्तिय संस्था र भ्रष्ट जनप्रतिनिधि नसुध्रिए प्रतिबन्ध लगाएर थप कारवाही गर्ने निर्णय समेत गरेकाे कुरा ललितपुर ( एल २) का सचिव अनुप सीले जानकारी दिएका छन।

त्यस्तै बैंठकमा उपत्यका ब्युरो इन्चार्ज तथा नेकपा पोलिटब्यूरो सदस्य कृति सी, केन्द्रीय सदस्य विपिन सी, एल २ जिल्ला इन्चार्ज ललित सी लगायतका नेताहरुकोउपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।