१४ बैशाख २०८१, शुक्रबार

सहिद तथा बेपत्ता परिवारहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिदै

0

काठमाडौ / नेपालमा नयाँ जनवादी राज्यसत्ताको स्थापना र संसदीय व्यवस्थाको अन्त्यको उदेश्य सहित २०५२ साल फाल्गुन १ गतेबाट शुरु भएको महान जनयुद्धको क्रममा सहादत प्राप्त गर्ने सहिद तथा बेपत्ता परिवारहरुले सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र दिने भएका छन।काठमाडौको कपुरधारा स्थित शनिबार भएको जनक्रान्तिका महान सहिद परिवार संगठन नेपाल र राज्यद्वारा बेपत्ता परिवार समाज नेपाल केन्द्रिय समितिको तेस्रो बैठकले सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको हो।

वि स २०२८ सालमा भएको झापाली क्रान्तिको बेलाभएको पुर्वको सुखानी हत्याकाण्ड र जनयुद्धको क्रममा पहिलो सहादत हुनुहुने गोर्खाका १४ वर्षिय दिल बहादुर रम्तेलको गोलि हानी हत्या भएको दिनलाई स्मरण र सहिदको सम्मानको रुपमा फाल्गुन १४ देखि २१ गतेसम्म मनाउन लागिएको सहिद सप्ताहको अवसरमा सहिद तथा बेपत्ता परिवारले ज्ञापनपत्र बुझाउन लागेको बताईएको छ।

जनयुद्धका एकजना प्रमुख पात्र प्रचण्ड स्वयंम प्रधानमन्त्री भैसक्दा समेत सहिदहरुलाई रास्ट्रीय सहिदको मान्यता नदिएको,बेपत्ताहरुको स्थिति सार्वजनिकरण हुन नसकेको, बेपत्ता पार्नेहरुलाई कार्बाहि हुनुपर्ने र सहिद तथा बेपत्ता परिवारको अभिभावकत्व राज्यले लिनुपर्ने माग राख्दै उनिहरुका परिवारहरुले आइतबार बिहान ८ बजे ज्ञापनपत्र दिन लागेको कुरा संगठन कि अध्यक्ष खुमा सुवेदीले जानकारी दिएकि छन।

संगठन कि अध्यक्ष खुमा सुवेदीको अध्यक्षतामा भएको तेस्रो पुर्ण बैठकमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सहिदहरुको सपना पुरा गर्न क्रान्तिकारी आन्दोलनको दिशामा निरन्तर अगाडि बढ्ने प्रतिबद्धता सहित प्रशिक्षण मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्यहरु बिषम सी, शिलु सी, पोलिटब्युरो सदस्यहरु बन्धु सी, आदर्श सी र आस्था सी लगायतका नेताहरुको सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।