६ बैशाख २०८१, बिहीबार

महान सहिद तथा बेपत्तायोद्धाका परिवारजनलाई चिट्ठी

0

महान सहिदहरु – बेपत्ता योद्धाहरुमा
लाल सलाम !
परिवारजनहरुमा गहिरो समवेदना सहित हार्दिक अभिवादन !!

एउटा प्रश्न मानस्पटलमा ठोक्किरहन्छ कि देश र जनताको भलाईका खातिर सचेत मान्छेले बलिदान गर्नुपर्ने नेपाली परम्परा कहिले सम्म ? राणाशासनको दवदवाका बिरुद्ध बि .सं.१९२७ -१९३३सम्म बिद्रोह बोल्ने क्रममा बि .सं . १९३३ फागुन २ गते  गोर्खाका लखन थापा आत्मसमर्पण नगरी फाँसीमा झुण्डिनु पर्‍यो ।

बि .सं.१९९७ साल माघ १६ गतेसम्म ४जना सहिदहरुले त्यही नियति भोग्नु पर्‍यो । २००७ देखि हालसम्म दलीय प्रजातन्त्र – पंचायती प्रजातन्त्र – बहुदलीय प्रजातन्त्र हुदै लोकतान्त्रीक गणतन्त्रको  बोझ बोकेर निसास्सीरहेको छ -मेरो देश अनिद्रो सडक झैं । परन्तु , बलिदानको कोटा चुक्ता नगरी धरै छैन ।

के हामी राज्यसत्ता प्राप्तिका लागि प्रीय जीवनको न्यौछावर गर्नै पर्ने अबस्थाबाट मुक्त हुन र गर्न सक्तैनौं ? त्यसअबस्थाका लागि त स्वर्णिम साम्यवादमा मानव जाति पुग्नैपर्ने हुन आउँछ । किनभने साम्यवादमा वर्गीय राज्यसत्ताको हतियार भन्ने नै हुदैन । त्यसबेला राज्यसत्ता जस्तो भद्धा, पुरानो, थोत्रो हतियार चिडियाखानामा मात्र कैद हुन लायक हुन्छ ।राज्यसत्ता नाटक र प्रहसनको विषय भने अबस्य हुनेछ । किनभने  पुँजीवादी /दलाल पुँजीवादी- साम्राज्यवादी हतियार यतिसम्म मानवता बिरोधी भैसक्यो कि अस्तित्वसहित बाँच्नको लागि बिद्रोहको बिकल्प देखिदैन ।

राज्यसत्ताको चरित्र वास्तवमा पूर्ण मानव जातिलाई मनपर्ने बिषय नै होईन । राज्यसत्ताको ईतिहास खोतल्दा शुरुवातिमा मानिस-मानिस बिचमा ब्यक्तिगत स्वार्थ र आबश्यकतामा हुने झैझगडा मिलाउने अलग संस्था अर्थात उपरिसंरचनाको रुपमा निर्माण गरिएको थियो । सनै: सनै: शाषक बर्गले शक्तिको दुरुपयोग यसरी गर्न पुग्यो कि त्यसले मानवलाई फाँसी दिन पनि पछि परेन ।

शुरुमा मानिस ब्यक्तिगत आबश्यकता र रक्त समाजको आबश्यकता परिपूर्तिको तात्कालिक चेतनाको उपज ब्यक्तिगत सम्पत्ति थियो,  त्यसको रक्षा र बिस्तार -बिकासका लागि राज्यसत्ताका आबश्यकिय स्वरुपहरुको जन्म भयो । बंशलाई अंश दिनु पर्ने परम्पराले त  राज्यसत्तालाई यतिसम्म नरभक्षी तुल्यायो कि हालसम्म  पनि डण्डा अनि कानूनको फन्दाका कारण श्रमिक बर्गको लागि राज्यसत्ता गलपासोमा परिणत हुँदै संकटग्रस्त अबस्थाको ब्ल्याकहोल तयार गरिहेको छ ।

उसो भए के बर्गीय टकराव र आबश्यकताको संसारमा राज्यसत्ता भन्ने हतियार नै निर्माण नगर्ने त ?सचेत रुपमा अवश्य गर्ने । किनभने जवसम्म समाजमा वर्गहरु रहिरहन्छन, तवसम्म राज्यसत्तारूपी हतियार पनि अनिवार्य हुन्छ । राज्यसत्ता र बर्गचेतनाको अनन्य सम्बन्ध हुन्छ ।

राज्यसत्ताका स्वरुपको रुपान्तरणसँगै चेतनाका स्तरहरु पनि रुपान्तरण हुँदै जाने कुरा भौतिकवादी दृष्टिकोणमा आधारित छ । जस्तो दास मालिक युगमा बलिया मालिकद्वारा निम्छरो श्रमिकको शोषण हुनपुग्यो । गोरु जोताईको रुपमा दलन गरियो । मालको रुपमा श्रमिकको खरिद बिक्री गरियो । यो परम्परा संयुक्त राज्य अमेरिका जस्तो साम्राज्यवादी मुलुकमा  अझैंसम्म विद्यमान रहेको सुनिन्छ । यस धरातलले सामन्तवादको जन्म र बिकास गर्‍यो ।

अध्यात्मवादी चक्रब्युहमा फसेर अपराध लाग्ने त्रासले मठमन्दीर दान प्रदानको प्रपन्च रचेर अपराधिक चरित्रलाई मनोबैज्ञानिक रुपमा सान्त्वना दिईयो । सामन्तवादी धरातलले मानिसका गतिशील ईच्छा र आबश्यकताको सम्बोधन गर्न सक्ने कुरै थिएन ।त्यसले १९ औं शताब्दीमा औधोगिक क्रान्ति भोग्नु पर्‍यो । औधोगिक क्रान्तिले पुँजीवादको बिकास त गरायो साथसाथै पुँजीवादको मरणशील अबस्था साम्राज्यवादको चिहान खन्ने  सर्वहारा वर्ग अर्थात मजदुर वर्गलाई जन्म दियो । यसले मार्क्सवादको उदयमा चम्किलो भूमिका खेल्न पुग्यो ।

अबको बेला पुरानै राज्यसत्तको लिपापोती वा पुनराबृत्ति होईन कि  बैकल्पीक राज्यसत्ता अर्थात बैज्ञानिक समाजवादी राज्यसत्ता निर्माण २१ औं शदीको यक्ष सवाल हो । साम्यवादको मार्गदर्शनमा पूर्ण जनवादी अभ्यासको योग नै बैज्ञानिक समाजवाद हो । यही लक्ष्य प्राप्तिका खातीर ईमान्दार र सचेत मानिसको बलिदान अनिवार्य शर्त बन्न पुग्दोरहेछ ।

यसर्थ महान सहिद बन्न सफल अजमरी मानिसको सपना नै उज्यालो सपना हो । बाँचेकाहरुले अग्नि परीक्षा पार गरि उक्त सपनालाई यथार्थमा बदल्नुपर्छ तब रक्षार्थ बाहेक राज्य सत्ता प्राप्तिको लडाईमा जीवन चढाउनु नपर्ला ।

मानिसलाई बेपत्ता पार्ने पनि राज्यसत्ता नै हुन पुग्छ भने राज्य सत्ता मानवीय कहाँ भयो र ! वास्तवमा मानव अधिकारको उलङ्गघन राज्यसत्ताबाट नै हुन्छ भन्ने  पुष्टि भैरहेको छ ,उसको हात्तीमत्ताईका कारण । असल मानिसलाई घाईते तुल्याएर चहराईरहेका आर्तनादले समेत पग्लदैन भने राज्यसत्ता संचालकहरु कतिसम्म संवेदनाहिन हुन्छन भन्ने कुरा छर्लङ्गै भयो । यसले ब्यबहारले सबेदना पनि बर्गिय हुने कुरालाई पुष्टि गर्न पुग्यो ।

प्रसंग – २०५२ सालदेखि यताको हो । नेपालको इतिहासमा सबैभन्दा बढी सहिद – बेपत्ता – घाईतेको गुण र संख्या महान जनयुद्धको शृखलाकै हो भन्ने कुरा आज जगजाहेर छ । यही त्याग – तपस्या – बलिदानको परिणाम आज राजतन्त्र बिहिन अबस्थामा छ  देश ।

त्यही परिवर्तनको मीठो फलका पकौनहरु खाने फेरि पनि उनै हुनेखाने र दलालहरु नै छन । हुदाखानेहरु मालिक बन्ने दिन अनुभूति हुने तहमा अझैं आएको छैन । यसर्थ सहिद परिवार – बेपत्ता योद्धा परिवार – घाईते योद्धा र आफन्तजन साथै  संगिसाथीहरुलाई बेचैनी र आक्रोस पैदा हुनु अन्यथा हुदैहोईन । अझ भनौं धोका र गद्धारीमा साटिएको हेर्नै नसकिने दृश्यले कति – कति मनहरु कुंडिएका छन र विश्वासका लहराहरु चुडिएका छन ।

सहिद सप्ताहको बेला धर्मशुत्रको रुपमा स्मरणीय बिषय मात्र होईन बलिदानको मूल्यबोध ! यो त जनक्रान्तिमा  विजय हासिल गरिछाड्ने प्रतिबद्धता र सुस्पष्ट दृष्टिकोणमा आधारित  जाज्वल्यमान विचार हो । जनक्रान्तिको लागि अति  प्रज्वलनशील उर्जाचेत हो । जब – जब बसन्त यामका पाखापखेरीहरुमा लालीगुराँसहरु मनमोहक रुपमा फक्रन्छन तब- तब तिनै प्रीय मान्छेहरुको यादले राज गर्न पुग्दछ ।

गौरवको महसुस हुन्छ कि एउटा श्रमजीबी वर्गको सच्चा सन्तानको योग्यता मापन सही राजनीतिक कार्यदिशा अनि बैज्ञानिक विचार बाहेक अरु कुनै बिधिले गर्नै सक्दैन । यसर्थ हामी भन्न सक्दछौं कि नेपाली जनक्रान्तिका लागि सुयोग्य लगानीको अभाव बिल्कुलै छैन । हेलचक्र्याई , धुर्त्याई  , बेईमानी , धोकाधडीका शृखलाहरु भने अनिश्चय बनेर कालो पहाडको रुपमा खडा हुन सक्छन । सचेत रुपमा रक्षा र रुपान्तरण गर्न जरुरी हुन्छ ।

बैज्ञानिक हाईजेन वर्गको खोजले पुष्टि गरिसकेको छ कि निम्न स्तरको दृष्टिकोणवाट उच्च स्तरको बस्तुलाई हेर्दा भ्रम पैदा भएर अनिश्चय देखिन्छ । अराजक गतिबिधी देखिन पुग्दछ । वास्तवमा हरेक कुरा गतिशील संभाब्यतामा आधारित हुन्छ ।

परन्तु, कायरहरुको लागि बलिदान उच्च स्तरको बस्तुगत शक्ति भएकाले ठम्याउन र समर्पित भएर अनुसरण गर्न गाह्रो पर्दछ । त्यसको मूल्यबोधवाट भाग्न विवश हुन्छन पामरहरु। स्वाङ्ग भने खरो देखाउने धृष्टता गर्दछन। जस्तो पछिल्लो माखे दाउमा आधारित फुटवादीहरुको कर्कसे स्वर अनि बेढङ्गे आत्मघाति ताललाई लिन सकिन्छ ।

ती र त्यस्तै खाले आत्मघातिहरु जब सरदर मानिसभन्दा बाठो धन्दामा बडो साहासी र चतुर कहलिन्छन तब क्रान्तिवाट सेटब्याक खान्छन । समयमा क्रान्ति पुरा गर्न अलमल पैदा गर्ने उनीहरुको छदम नियति क्षणिक रुपमा सफल हुन्छ । उनीहरुको लक्ष्य मुताबिक शंकावाद ब्युझन्छ । यो आबेगात्मक र कुण्ठाग्रस्थ मनस्थिती जब उदाङ्गिन्छ आफैलाई राष्ट्रपती घोषणा गर्न समेत होस हुदैन ।

यस्तो प्रकारको हुस्सुरामका सन्तानहरुलाई क्रान्तिले पाखा लगाउनु स्वभाबिक हुन आउँछ । यसको खास कारण बलिदानलाई विचारको तहमा उठाउन नसक्नु र नयाँ र गतिशील खोज नगर्नु र नस्वीकार्नु अझ जडतामा टनटनी बाँधिनु भन्ने अर्थ पुष्टि हुन आउदछ। प्रचण्ड मण्डली स्कूलिङ्गको परिणति यही हो ।

आदरणीय सहिद परिवार – बेपत्ता योद्धा परिवार तथा घाईते योद्धाहरु र आफन्तजनहरु ! हामी प्रतिबद्ध छौं कि पारंगत अजम्मरी मानिसको मार्गनिर्दशन अक्षरस पालना गरेर उहाँहरु भौतिक रुपमा हाम्रो जिम्मेवारीमा खडा भैदिएको भए के गर्नुहुन्थ्यो होला भन्ने पलपल सोचेर जनक्रान्तिको कर्म गरिरहेका छौं ।

हामीलाई फुर्सद छैन ब्यक्तिगत            ऐयासीका तानावाना बुन्न । हामीलाई फुर्सद छैन सुरासुन्दरी र जुवाको खालमा ईमानको दाउ थाप्न । हामीलाई छुट छैन भ्रष्ट र पतित बन्न । हामीलाई मन पर्दैन मालेमावादका कोटेशन अनपढलाई भट्याएर  उत्तेजनाको रस चुस्न । हामीलाई मन पर्दैन सत्ताबिहिन सुधोको टाउकोमा गिरि खेलेर रजाई चलाउन  र सत्तासिनको टाङ्गमुनी लम्पसार पर्न ।

हामीलाई चाहना जाग्दैन आफ्नै वर्गलाई चास्नी मिसाएका गोली पिलाउन । किनभने हामी महान मार्क्स – लेनिन – माओका अनुयायी हौं । यही हो हाम्रो चिनारी । वास्तवमा हामी सी जाती हौं ! हामी सी समुदाय निर्माणको महाअभियानमा छौं । नव औंपनिबेशिकताका रंगिबिरंगी ढ्याक्रो ठोकाई र बोका काटाईको लहडले हामीलाई प्रभावित पार्दैन ।

यो उखर्माउलो तामझाम बिछ्याएर मुल बिषय बिषयान्तर गरी नवऔपनिबेशिकतालाई मलजल गरिरहेको देखिरहेकाछौं । यी सब बिद्रुपीपूर्ण बिषाक्त विचारको एकमुष्ट जवाफ हामी निर्धक्क दिन्छौं कि आत्मनिर्भताको यात्रामा जनक्रान्ति पूरा गरिछाड्ने छौं ।

भौतिक क्रान्ति ईच्छुक तर उपदेशक त धेरै देखिन्छन परन्तु बौद्धिक क्रान्ति बिनाको भौतिक क्रान्ति र भौतिक क्रान्ति बिनाको बौद्धिक क्रान्ति पाँडेगालीको खेतिमा र गफाडीहरुको यात्रामा मात्र हुने कुरा स्वीकार्नु जरुरी भैसकेको छ । यी सारा चुनौतिहरुको सामना गर्दै बैज्ञानिक समाजवादी क्रान्ति उचित समयमा गरौं ।

यसका लागि एकिकृत जनक्रान्तिलाई कलात्मक रुपमा ब्यबहारिकरणको उचाई प्रदान गरौं ! सच्चा बलिदानको  उच्च मूल्यबोध पुष्टि हुनेछ । हामी सबैले गौरव गरौं कि यो हाम्रो बैज्ञानिक समाजवादी सभ्यता ले दुनियाँलाई  आकर्षित गर्नेछ । तसर्थ बैज्ञानिक समाजवादी प्रणाली लागु गरौं ।

जो भत्काउन आउँछ एकिकृत जनक्रान्तिको स्वाद चाखेर जान्छ । यही हो बलिदानी गाथामा प्राप्त गरेको सच्चा स्प्रीट ! आदरणिय परिवारजन गौरवले चौडा छाती ढक्क फुलाउनु होस जुन समयमा असल सन्तान अजम्मरी बनेर सदा उज्यालोमा रुपान्तरण भैसकेको देखिनेछ । कम्युनिस्ट क्रान्ति भित्रको लगानी किमार्थ खेर जाँदैन । बस यसपाली यत्ति नै । सुख दुखको साथी ! नेपाल कम्युनिस्ट पार्टी !!


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।