६ बैशाख २०८१, बिहीबार

नेकपाले अब बदनाम सहकारी विरुद्ध जनकारबाही गर्ने

0

ललितपुर / नेपाल कम्युनिस्ट पार्टी ललितपुर महानगर समितिले जनताको बचत रकमलाई दुरुपयोग गरेर बदनाम भएका सहकारी बिरुद्ध अनुसन्धान र जनकारबाही गर्ने बताएको छ। शनिबार ललितपुरमा सम्पन्न ललितपुर महानगर समितिको तेस्रो पुर्ण बैठकले मिटर ब्याजी, चर्को ब्याज असुल्ने बैंक तथा वित्तीय संस्थाहरु र बदनामी कमाएका सहकारी बिरुद कार्बाही गर्ने निर्णय गरेको हो।

त्यस्तै बैठकले सार्वजनिक सम्पत्ति संरक्षण गर्नेका लागि जनपरिचालन सहित काम गर्ने, पुर्खाले अर्जेको एतिहासिक सम्पदा संरक्षण गर्न पहल गर्ने,हजारौं वर्ष देखि बसि आएका भुमि पुत्र सोवासीको घर जग्गाको लालपुर्जाको लागि संघर्ष सञ्चालन गर्ने निर्णय समेत गरेको कुरा नेकपा नेता बिकास महर्जनले जानकारी दिएका छन।

ललितपुर महानगर समितिको बैठकमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला ईन्चार्ज बिपिन सीले नवौं जिल्ला समितिको चौथो पुर्ण बैठकबाट भएका निर्णयको भाव सम्प्रेषण र पार्टी केन्द्रको ६ महिने आवधिक योजनाको उदेश्य र पार्टी कामबारे प्रशिक्षण मन्तव्य राखेका थिए ।

ललितपुर महानगर सेक्रेटरी बज्र सीको अध्यक्षतामा भएको कार्यक्रममा ललितपुर जिल्ला समितिका सेक्रेटरी बिकास सी , नेवा मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष रत्न सी , जिल्ला सल्लाहकार समितिका सदस्य मुकुण्द अमात्य, जिल्ला सदस्यहरु भरत सी , बिकेस सी, उत्तम सी र कैलाश सीको आतिथ्यता सहित सहभागिता रहेको बताईएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।