१६ चैत्र २०८०, शुक्रबार

संसदिय व्यवस्था असफल साबित :नेता समर

0

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी महाकाली ब्युरोका इन्चार्ज समर सी ले संसदीय व्यवस्था असफल साबित भएको ठोकुवा गर्दै नेकपा जनताको मुद्दालाई लिएर अगाडि बढिरहेको बताएका छन् । बिहीबार नेकपा कञ्चनपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

अहिलेको संसदीय व्यवस्थामा राजनीतिक दलहरु भागबण्डा र सत्ताको लुछाचुँडीमा व्यस्त रहेको बताउँदै उनीहरूले जनताको समस्यालाई समाधान दिन नसक्ने उनको भनाइ थियो ।

नेता समरले भने – “ अहिलेको संसदीय व्यवस्था असफल साबित भएको छ र यसको अन्त्य गरी जनताको व्यवस्था वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्छ र यसको लागि हाम्रो पार्टीले संघर्ष गरिरहेको छ ।”पार्टीको नवौं महाधिवेशनले दर्शनमा, सिद्धान्तमा , अर्थतन्त्रको क्षेत्रमा , संस्कृतिको क्षेत्रमा नयाँ विकास गरेको समेत उनले बताए । नेकपा कञ्चनपुरले जनताको जनजिविकास सवाल उठानका लागि पार्टीले जनजागरण अभियान संचालन गरिरहेको समेत जनाएको छ ।
पत्रकार सम्मेलनमा नेकपाले पार्टीका जनजिविकाका सवालमा शसक्त भएर मुद्दा उठान गर्दै आएको जनाएको छ । नेकपा कञ्चनपुरका जिल्ला इन्चार्ज बिराट सीले ९औँ केन्द्रीय समितिको बैठकबाट पारित गरिएका मुद्दा जिल्लामा शसक्त रुपमा संचालन भईरहेको बताए ।

‘यतिबेला मुलुक संकटमा परेको छ, ‘उनले भने, ‘विद्यमान समस्या समाधानका लागि पार्टीले अघि सारेका नीति, कार्यक्रम हामी व्यवहारिक रुपमा लागु गरिरहेका छौँ ।’बैंक, वित्तिय संघ संस्था एव लघु वित्तको चर्को ब्याजदरले आक्रान्त बनाईरहेका बेला राज्य संयन्त्र निरिह बनिरहेको भन्दै पार्टीले त्यसलाई उच्च निगरानीका साथ अघि बढाएको बताए । कञ्चनपुरमा राष्ट्रिय गौरबका योजना सहितका महत्वपूर्ण विकास निर्माणका योजनमा ढिलासुस्ती भईरहेको भन्दै उनले सरकारले चासो नदेखिएकाले पार्टीले नै ढिलासुुस्ती, भ्रष्टाचार र अनियमितता गर्ने योजनामा घचघच्याउने काम गरेको बताए । ‘हामी स्थानीय तहमा हुने सबैखाले भ्रष्टाचार बिरुद्धमा शसक्त संघर्ष गछौँ, ‘उनले भने, ‘भ्रष्टाचारले स्थानीय तह चुर्लुम्मै डुबेका छन ।’

सरकारी कार्यालयमा हुने ढिलासुस्ती, शिक्षा, स्वाथ्य र यातायात क्षेत्रमा देखिएका विकृती विसङगती बिरुद्धमा सुक्ष्य अध्ययन गर्दै विकृती भेटिए संघर्ष गर्ने चेतावनी दिएका छन । भारतबाट आउने विषादीयुक्त तरकारी रोक्नुपर्ने समेत माग अघि सारेको छ ।

नेकपा कञ्चनपुरका सचिव धन बहादुर सीले जिल्लामा हुने सबैखाले विकृती बिसङगती बिरुद्धमा पार्टीले शसक्त भएर अघि बढ्ने बताए । नेकपाले लघुवित्त, बैंक संघ संस्थाहरुको जनतामाथिको लुट बिरुद्धमा शसक्त अभियान चलाउँदै जनजिविका राष्ट्रियताका विषयमा शसक्त भएर अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।