२ बैशाख २०८१, आईतवार

बिरानो शहर: रणदिप

0

कविता

पुर्खाहरुले भन्ने र सुन्ने गरेको शहर
मेरो पहुँच भन्दा धेरै टाढा ठानिएको शहर
गाउँका लज्जाउने र शहरकाले गिज्याउने
प्रचल नै बसालिएको मेरो शहर
ठुला ठुला अपरिवर्तनिय पर्खालहरु भत्काउदै
रोल्पाको झुपडीबाट ढाडमा हसियाँ र कटी भिरेर
निस्क्यो र भन्यो
मैले नचिनेको र बिरानो शहर खै ?
उस्लाई कसले के भने ईतिहास भैसक्यो
तर
उसले जे चाहेको थियो त्यो पूरा भएर छाड्यो
गाउँ र शहरको अपत्यारिलो भेद मेटिने दिशामा उद्दत छ ।
गाउँमा रहेका शोषणरुपी कुरुप अनुहारहरु
शहरका गल्ली गल्ली चोक चोकमा छन्
त्यहाँ गरिबी छ, यहाँ गरिबी छ
हुँदाहुँदा नियालेर हेर्दा त्यहाँ भन्दा यहाँ पो बढी छ
बहुजाती, बहुभाषा, बहुसंस्कृतिको धनी मेरो शहर
साझा फुलबारीका थरिथरीका फुलहरुलाई
एउटै मालामा उईनिएर पहिरने इच्छा राख्दछ
उड्ने, गुड्ने र भारी बोक्नेहरुको दिनचर्यामा
समानताको संसार बनाउने
ध्येय राख्छ मेरो शहर
हिमालका हिम नदीहरु
समुन्द्रमा बगेको देख्न चाहन्छ
तराईका फाँटहरुमा रोल्पाली दाईको झुपडी होस् भन्ने चाहन्छ
हुँदाहुँदा ऊ रोल्पाली दाईको बाटोमा
बेरोकटोक यात्रा गर्न चाहन्छ

ऊ भन्छ
हिम शृङ्खला र पर्वत, सागर
जहाँ जाउँ सँगै जाऊ ,
जे खाऊ सँगै खाऊ
विगत शहर र गाउँको विभेदकारी खाल्डो पुरौ
अनि नयाँ सुन्दर अजम्वरी यात्र गरौँ
भनिरहेको मेरो बिरानो शहर
बिद्रोहको आगो ओकल्न तयार
नयाँ विचारको अगुवाई गर्न तयार
पुँजीवादको मलामी र समजवादलाई सलामी गर्न
तयार भएर देशलाई नियालिरहेको मेरो शहर
हिजो बिरानो बनाईएको शहर
आज रमाईलो र सुन्दर मेरो शहर
हातहातमा मसाल बोकेर
समाजवादी यात्राको महासंग्राममा
लड्दै, पड्दै र दौडिदै
बढिरहेको छ, मेरो बिरानो शहर


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।