१६ चैत्र २०८०, शुक्रबार

बान्निगढी जयगढ गाउँपालिकालाई २८ बुँदे ज्ञापनपत्र

0

अछाम /नेपाल कम्युनिस्ट पार्टी वान्निगढी जयगढ गाउकमिटी पश्चिम अछामले विभिन्न सामाजिक भेदभाव र विकृति, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन लगायतका क्षेत्रमा हुने अनियमितता बन्द गरिनुपर्ने माग गरेको छ ।

बिहीबार वान्निगढी जयगढ गाउपालिका प्रमुख प्रशासकीय अधिकृत झनक राज रेग्मी मार्फत गाउँपालिकालाई २८ बुँदे ज्ञापनपत्र बुझाउँदै नेकपाले अनियमितता र विकृति अन्त्य हुनुपर्ने माग गरेको हाे ।

ज्ञापनपत्रमा निरपेक्ष गरिबिको रेखामुनि रहेका अति विपन्न वर्ग, विपन्न तथा मध्यम वर्ग र गाउँघरमा नै उद्यमी बनेर केहि गर्ने सोच भएका युवाहरुलाई उद्धमशिलता सम्बन्धी व्यावसायिक तालिम र पुजीको व्यवस्था गरि रोजगारी वृद्धि गरिनुपर्ने, पालिकाद्वारा आफ्नो स्थानीय स्वायत्त शासनको अधिकार प्रयोग गरि स्वरोजगार कोष स्थापना गरी बेरोजगार युवाहरुलाई सहुलियतपुर्ण कर्जा प्रदान गरि स्वरोजगार बनाउनुपर्ने माग गरिएको छ।

त्यस्तै बढ्दो महङ्गी, कालोबजारीको अनुगमन गरि दोषी माथि कार्वाही गरिनुपर्ने, बैंक, लघुवित्त, सहकारी र साहुमहार्जनहरूले लगायको चर्को व्याजदर नियन्त्रण गरि जनताको पैसा फिर्ता गरिनुपर्ने, कमसल खाले मदिरा र स्थानीय घरेलु मदिरामाथि तत्काल प्रतिवन्ध गरिनुपर्ने माग गरिएको छ ।

नेकपाले आधारभूत र माध्यमिक तहसम्मको शिक्षा निशुल्क कार्यान्वयन गरिनुपर्ने, पालिका भित्रका प्रत्येक स्वास्थ्य संस्थाहरूमा पर्याप्त मात्रामा औषधी उपचार उपलब्ध गरिनुपर्ने, विकास निर्माण कार्यमा भैरहेको ढिलासुस्ती, दलाली, नितिगत भ्रष्टाचारलाई अन्त्य गरिनुपर्ने, रामारोशन पर्यटन सडकमा भएको ढिलासुस्ती र रामारोशन पर्यटन क्षेत्रमा हुने वार्षिक कार्यप्रगति तुरुन्त सार्वजनिक गरिनुपर्ने माग गरेको छ ।

यस्तै कमिसनका आधारमा आउने योजना तत्काल राेकी जनताको आवश्यकतामा आधारित योजना बनाइनु पर्ने, सार्वजनिक यातायातमा लिइने चर्को भाडादर खारेज गरि वैज्ञानिक भाडादार कायम गरिनुपर्ने, सामाजिक सुरक्षा भत्तामा भइरहेको अनियमितता रोकि गाउटोलमै वितरण गर्ने व्यवस्था मिलाईनु पर्ने ज्ञापनपत्रमा माग गरिएको छ ।

नेकपाले बाढीपहिरो लगाएत प्रकृतिजन्य विपदबाट पीडितहरूको उचित व्यवस्थापन गरिनुपर्ने, कर्मचारी भर्ती गर्ने नाममा भैरहेको राजनीतिकरणको अन्त्य गरिनुपर्ने, किसानहरुलाई मल, विऊ ,विजन उपलब्ध गराउनुको साथै उचित सिंचाइको व्यवस्था मिलाउनु पर्ने माग गरेको छ ।

नेकपाले जीवनयापनका लागि विदेशिनु पर्ने अवस्थाको अन्त्य गरि राेजगारीकाे ग्यारेन्टी गरिनुपर्ने, सहिद परिवार, घाइते योद्धा र वेपत्ता परिवारलाई राज्यले उचित व्यवस्थापन गर्नुपर्ने, कृषिजन्य वस्तुमा हुने आयातलाई प्रतिस्थापन गर्दै आत्मनिरभरका लागि कृषि, समृद्धिका लागि उद्योग नीति अवलम्बन गरि राष्ट्रप्रेमी नागरिक र श्रम गर्ने संस्कृतिको विकास गरिनुपर्ने ज्ञापनपत्रमा जाेड गरेको छ ।

विभिन्न निर्माणसेवा, उपभोक्ता समिति, सरकारी तथा गैरसरकारी संस्थाले जनतालाई कामदारको रुपमा काम गराई हालसम्म पारिश्रमिक नदिएकाे भन्दै तुरुन्त उचित पारिश्रमिक उपलब्ध गराउन पहल गर्न माग गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी पश्चिमी अछाम जिल्ला सचिवालय सदस्य तथा वान्निगढी जयगढ गाउकमिटी इन्चार्ज युवराज सी ,जिल्ला कमिटी सदस्य गोविन्द सी र अखिल क्रान्तिकारीकाका जिल्ला संयोजक एकेन्द्र सी लगायतको टिमले ज्ञापनपत्र बुझाएकाे थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।