४ बैशाख २०८१, मंगलवार

नेकपा महासचिव विप्लव र नेपाल स्वास्थ्य व्यवसायी संघका पदाधिकारी बिच छलफल

1

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र नेपाल स्वास्थ्य व्यवसायी संघका पदाधिकारी बिच भेटघाट भएको छ । संघका अध्यक्ष नवराज बस्नेत र महासचिव विप्लव बिच नेपालको स्वास्थ क्षेत्रका समसामयिक समस्याहरुबारे छलफल गर्ने उदेश्यले भेटघाट भएको हो ।

ललितपुर स्थित नेकपाको कार्यालयमा आज भएको भेटघाटमा नेपालको स्वास्थ क्षेत्रमा विचौलिया प्रवृति बढ्दै गएको , स्वास्थ्य क्षेत्र किनबेचको माध्यम बन्दै गएको, आधारभुत स्वास्थ उपचारमा सर्वसाधारण नागरिकको पहुँच कमजोर हुँदै गएको भनेर नेपाल स्वास्थ व्यवसायी संघका पदाधिकारीहरुले चिन्ता व्यक्त गर्दै यो विषयमा काम गर्न नेकपालाई अनुरोध गरेका थिए ।

स्वास्थ क्षेत्रमा देखिएका समस्याहरुलाई ठोस रुपमा आगामी दिनहरूमा पार्टीले उठान गर्ने र उल्लेखित समस्याबारे पार्टीले आवश्यक निर्णय लिने भन्दै महासचिव विप्लवले कुराकानीमा बताएको कुरा सचिवालयले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 प्रतिक्रिया “नेकपा महासचिव विप्लव र नेपाल स्वास्थ्य व्यवसायी संघका पदाधिकारी बिच छलफल

  1. नेपाल को स्वास्थ्य क्षेत्र र बैज्ञानिक समजबाद

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।