१७ बैशाख २०८१, सोमबार

समाजवादी संघीयता आजको आवश्यकता हो: विप्लव

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले विद्यमान संघीयताले काम नगरेको भन्दै यो संघीयतालाई खारेज गरेर समाजवादी संघीयता आवश्यक भएको बताएका छन् ।

आफ्नो पार्टी निकट मगर मुक्ति मोर्चा, नेपालको केन्द्रीय समितिको तेस्रो पूर्ण बैंठकलाई काठमाडौंमा प्रशिक्षण दिदैं महासचिव विप्लवले अहिलेको संघीयता बुर्जुवा र प्रतिक्रियावादी संविधान मात्र रहेको बताए ।

महासचिव विप्लव सीले वर्तमान संघीयतामा बुर्जुवा संसदवादी नेता कार्यकर्ताहरुले जागिर खाने काम मात्र भएको बताउँदैं यो संघीयतालाई खारेज गरेर समाजवादी  संघीयता निर्माण गर्नुपर्ने जिकिर गरे ।

यो संघीयताले देश र जनताको पक्षमा कुनैं पनि काम गर्न नसकेको भन्दैं महासचिव विप्लवले संघ र प्रदेशको नामाकरण नैं नक्कली रहेको दाबी गरे ।

आजको नेपालमा विद्यमान दलाल संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवाद स्थापनापछि निर्माण हुने समाजवादी संघीयताले मात्र देशमा रहेका सबैं पहिचान र क्षेत्रमा रहेका उत्पीडितहरुले अधिकार पाउने महासचिव विप्लवको भनाई थियो ।

मगर मुक्ति मोर्चा, नेपालको केन्द्रीय समितिको तेस्रो पूर्ण बैंठक मोर्चाका अध्यक्ष सुदर्शन मंगोल सीको अध्यक्षतामा प्रमुख अतिथी विप्लव सी, अन्य अतिथीहरुमा नेकपा स्थायी समिति सदस्य विषम सी, श्रमिक समुदाय मोर्चा, नेपालका अध्यक्ष रामलाल सीको उपस्थिति रहेको थियो ।

बैठक मोर्चाको काठमाडौंको कपुरधारामा रहेको आफ्नै कार्यालयमा दुईदिन लगाएर सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।