१५ बैशाख २०८१, शनिबार

नेकपा दैलेखद्वारा सहिद तथा बेपत्ता परिवारलाई अभिनन्दन

0

फागुन १८, दैलेख/नेपाल कम्युनिस्ट पार्टी दैलेखले सहिद तथा बेपत्ता परिवारजनलाई अभिनन्दन गरेको छ ।

सदरमुकाम दैलेख बजारमा बिहीबार सहिद सप्ताहकाे अवसरमा आयाेजना गरिएको कार्यक्रममा दाेसल्ला ओढाएर अभिनन्दन गरेको हाे ।

कार्यक्रममा जिल्ला सेक्रेटेरी प्रकाश सीले महान सहिदहरूले देखाएको सपना पुरा नभएको भन्दै एकीकृत जनक्रान्तिले पुरा गर्ने विश्वास दिलाए ।

उनले जबसम्म नेपालमा बैज्ञानिक समाजवाद स्थापना हुदैन तबसम्म सहिदहरूका सपना पूरा नहुने बताए ।

सहिद परिवारहरूलाई एकीकृत जनक्रान्तिमा सहयोग गर्न अपिल गर्दै उनले सहिदहरूकाे सपना पुरा गरि छाड्ने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा नेकपाका जिल्ला सदस्य परिवर्तन, शिक्षक संगठनका हरि सी, जनपत्रकार संगठनका जिल्ला संयोजक जगदीश सी लगायतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।