१६ चैत्र २०८०, शुक्रबार

जनयुद्धको सपना पूरा गर्न सहिद तथा बेपत्ता परिवारजनकाे नेकपालाई सुझाव

0

फागुन १८, बाँके /जनयुद्धका सहिद तथा बेपत्ता परिवारजनहरूले सहिदहरूकाे सपना पूरा गर्ने दायित्व नेपाल कम्युनिस्ट पार्टीकाे काँधमा आएको भन्दै सपना पुरा गर्न सुझाव दिएका छन ।

सहिद सप्ताहकाे अवसरमा बिहीबार नेकपा बाँकेले काेहलपुरमा आयाेजना गरेको सहिद तथा बेपत्ता परिवारजनकाे सम्मान कार्यक्रममा उनीहरूले यस्तो सुझाव दिएका हुन ।

सहिद तथा बेपत्ता परिवारजनले प्रचण्डले सहिद तथा बेपत्ता याेद्वाहरूकाे सपनालाई बिर्सेका कारण जनयुद्धले धाेका खाएको भन्दै फेरि पनि प्रचण्डलाई सच्याउन र कांग्रेस हुन बाट बच्चाउन सुझाव दिए ।

उनीहरूले नेकपाले प्रचण्डको जस्तै धाेका नदिन सचेत गराए । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रणदिप सीले जनयुद्धले देखेको सपना नेकपाले एकीकृत जनक्रान्ति मार्फत पूरा गरि छाड्ने र अहिलेकाे नेतृत्वले धाेका नदिने विश्वास दिलाए ।

उनले इमानदार कम्युनिस्टहरू सँग पार्टी एकताको लागि नेकपा तयार रहेको स्पष्ट पार्दै प्रचण्ड सुध्रिए पार्टी एकता हुनु सक्ने बताए ।

कार्यक्रममा काेहलपुर नगरपालिका, बैजनाथ, खजुरा, जानकी गाउँपालिकाका करिब तीन दर्जन सहिद तथा बेपत्ता परिवारजनकाे सहभागिता रहेको थियो ।

कार्यक्रममा सहिद तथा बेपत्ता परिवारजनलाई जिल्ला इन्चार्ज रणदिपले काँसाका कचाैरा हस्तान्तरण गरि सम्मान गर्नु भएको थियो ।

साे अवसरमा जिल्ला सेक्रेटरी कल्पना सी, सहिद परिवार दक्षिण कर्णाली ब्युरो संयोजक पूर्णीमा, सहिद परिवार समाजका संयोजक राजेश, पत्रकार अनिता बिक लगायतको सहभागिता रहेको थियाे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।