६ बैशाख २०८१, बिहीबार

राष्ट्रिय उत्पादनलाई माया गराैं: विरेन्द्र न्याैपानेे

0

फागुन १९, बाँके /जिएस मल्टिट्रेडर्स इन्टरनेसनल प्राइभेट लिमिटेडका अध्यक्ष विरेन्द्र न्याैपानेले स्वदेशी उत्पादनलाई सबैले माया गर्नुपर्ने बताएका छन ।

जिएस मल्टिट्रेडर्स इन्टरनेसनल प्राइभेट लिमिटेडकाे प्रथम वार्षिकोत्सबकाे अवसरमा बिहीबार नेपालगन्जमा आयाेजित सेलिब्रेसन कार्यक्रमलाई सम्वाेधन गर्दै उनले यस्तो बताएका हुन ।

उनले डाइरेक्ट आफ्नो कम्पनीले स्वदेशी जडिबुटीबाट गुणस्तरीय वस्तु उत्पादन गरेकाले सबैलाई यस्ता उत्पादनहरू प्रयाेग गर्न आग्रह गरे ।

अध्यक्ष न्याेपानेले आफ्नो कम्पनी डाइरेक्ट सेलिङ्ग कम्पनी भएकाले उत्पादन गरिएको वस्तु सिधै उपभोक्ता कहाँ पुग्ने र विचाैलीयाहरूकाे लुट राेकिने बताए ।

‘हाम्रो र राम्रो’ व्राण्डकाे वस्तु प्रयोग गराैं भन्ने मुल नारा दिएको कम्पनीले नेपाली जडिबुटीबाट उत्पादित काेल्गेट, सावुन, स्याम्फु, हेन्डवास, डिसवास लगायतका विभिन्न ४५ प्रकारका वस्तुहरू बजारमा ल्याएको छ ।

कम्पनीले क्यामिकल मिसावट विदेशी वस्तुहरूले मानव स्वास्थयमा असर पर्ने गरेकाे भन्दै जनचेतनाकाे विकास गराइ स्वदेशी उत्पादन प्रयोग गर्नेमा जाेड दिएको छ ।

कार्यक्रममा अन्तर्राष्ट्रिय माेटिभेटर रविन कटुवाल, म्यानेजिङ्ग डाइरेक्टर सर्वण कुमार महताे, कम्पनीका सिओओ इश्वर कुमार क्षेत्री लगायतले जिएस एमआइ नयाँ भविष्य बाेकेर आएको बताएका थिए ।

कार्यक्रममा वर्षभरि उत्कृष्ट विजिनेस गर्ने पहिलो स्टार, डिस्टिब्युटर्स, म्यानेजर लगायतका ब्यक्तिलाई सम्मान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।