१५ बैशाख २०८१, शनिबार

मुलबाटो भएर आउ

0

आउन त आउ आउनैपर्छ
तर , मुलबाटो भएर आउ
संसार हेर्ने, बुझने बदल्ने अनि
बदलिएको संसारको रक्षा र बिकास गर्ने भएर आउ।
यो धर्ति ,यो आकास सबै उनको होईन
यिनको बनाउने भएर आउ
भोको पेटमा पटुका कस्नेको जिन्दगी
बदल्ने भएर आउ
एकबोतल पानी पिउन नसक्नेहरुका लागि भएर आउ
एक छाक खाना खान नसक्नेहरुका लागि भएर आउ
आउन त आउ तर मुलबाटो भएर आउ
भनेको ,सुनेको र जानेको कुरा लागू गर्ने भएर आउ
जुनढोकाबाट निस्केर भोतारिदै गयौ
त्यही ढोका पस्ने भएर आउ
हुनेका लागि हैन रुनेका लागि भएर आउ
सयौ आँखामा हाँसो देखिन्छ
तर
लाखौको आखामा आँशु बगेको छ
सक्छौ भने आशुलाई हासोमा बदल्ने भएर आउ
हराएको छैन अजम्वरी आस्था
तुहिएका छैनन लाखौ सपनाहरु
थेग्नै नसकिने गरि
दिनप्रतिदिन
नशा नशामा
बगिरहेका बिद्रोहका भेलहरु
बिर्सिएका छैनन्
ती,कहालीलाग्दा दिनहरु
पुरिएका छैनन युद्दमोर्चाका ती घाउहरु
यो कुनै कथा हैन जिवन हो
यो कुनै रङरोघनले सिगरिएको मुर्ति होईन
स्वस्फुर्त फुलेको बगैचाको फुलहो
अनि जिवन्त यथार्थ र बास्तबिकता हो
त्यसैले
आउन त आउ तर मुलबाटो भएर आउ
पिडादायी मनहरुलाई सुन्दर भबिश्यमा रुपान्तरण गर्ने महासमरको यात्री भएर आउ
खिया लागेका धारहरुलाई भत्किएका सपनाहरुलाई
सानन लगाउने संकल्प बोकेर आउ
हेर्दाहेर्दै सकिएको जीवनलाई
क्षतिपुर्ति होईन परिपुर्ति गर्ने भएर आउ
उ बाटो कुरेर मात्रै बसेको छैन
नयाँ राजमार्ग पहिल्याउदै
आफ्नै रप्तारमा हावाको बेगसरी कुदिरहेको छ
बेकसुरका झारपातहरु पन्छाउदै
दु: खमा सुख देख्ने , चुनौतीमा सम्भावना देख्ने
निरन्तर जारी छ उसको अबिराम यात्रा
त्यही यात्रा को यात्री बनेर
यही आदर्शको सिपाही बनेर
लम्किरहने भएर आउ
आउन त आउ तर मुलबाटो भएर आउ ।।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।