९ बैशाख २०८१, आईतवार

किताब अध्ययनको सान्दर्भिकता सकिएको छैन

0

(नेपाली समाज बिशेषत:कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताहरुमा अध्ययन,अनुसन्धान र बिचारधारात्मक काम निकै कमजोर भइरहेको बेला नेपाल कम्युनिस्ट पार्टीले एकीकृत क्रान्तिको क्रममा स्कुलिङ्ग, प्रशिक्षण लगाएत बैचारिक कामलाई प्राथमिकतामा राख्दै आएको छ।त्यसका लागि नियमित स्कुल सञ्चालन गरिरहेको पनि छ।यसको आवश्यकता , महत्त्व , तरिका, विधि र आगामी योजनाबारे नेकपा स्थायी समिति सदस्य एवम् केन्द्रिय स्कुल बिभाग इन्चार्ज भरत सीसङ्ग छोटो सम्वाद गरेका छौं ।)

तपाई नेपाल कम्युनिस्ट पार्टीको स्कुलिङ्ग बिभाग प्रमुख हुनुहुन्छ , यसको बिभागिय महत्त्व र आवश्यकताबारे भनिदिनुहोस न!

हो, म पार्टीको स्कुलिङ्ग बिभागको इन्चार्ज हो र प्रमुख पिबिएम भेषराज सी हुनुहुन्छ । यसको महत्त्व र आवश्यकता बैचारिक कार्य गर्नुमा रहेको छ । मानव जातिले आज जे- जति उपलब्धि हासिल गरेको छ त्यो बैचारिक भएर मात्रै सम्भव भएको हो । हामी कम्युनिस्टहरु आजको भन्दा राम्रो समाज व्यवस्था चाहान्छौ । त्यसैले हामीले अरुले भन्दा धेरै विचारधारात्मक क्षेत्रमा काम गर्नु अनिवार्य हुन्छ । यसकारण क्रान्तिकारी कम्युनिस्ट पार्टीमा बैचारिक कामलाई व्यबस्थित र प्रभावकारी बनाउन बिभागको महत्त्व र आवश्यकता हुन्छ ।

तपाईहरुले प्रायः पार्टी नेताकार्यकर्ताहरुका लागि स्कुलिङ सञ्चालन गरिरहे जस्तो लाग्छ यो किन जरुरी छ?

पार्टीले निरन्तर स्कुललाई जोड दिदै र संचालन गर्दै आइरहेकोले नै यो पार्टी देश र जनताको पक्षमा यसरी कृयाशील हुन सकेको हो र छ । अरु प्रायः पार्टीहरु कि यथास्थितिको बन्दी भएका छन कि त भने विसर्जनतिर गएका छन । तर हाम्रो पार्टी क्रान्तिका लागि सक्रिय छ साथै क्रान्ति संचालन र सम्पन्न गर्न सक्षम बन्नका लागि स्कुलको आवश्यकता पर्दछ ।

तपाईले देशभर बिचारधारात्मक कामको रूपमा अगाडि बढाईरहेको स्कुलका मुख्य विषयवस्तु के के होलान् ?

हामीले संचालन गर्ने स्कुलका मुख्य विषयवस्तु दुईवटा छन । पहिलो मालेमावादी शास्त्रीय बिषय हो- जहाँ दर्शन, राजनैतिक अर्थशास्त्र र बैज्ञानिक समाजवादका आधारभूत कुराहरू हुन्छन । दोस्रो, आजको विकसित परिस्थितिमा तीनवटै मार्क्सवादी संघठक अंगमा पार्टीले गरेका नयाँ संश्लेषणहरु छन- जुन बिषयमा बुझाईको एकरुपता कायम गर्नुपर्ने आवश्यकता छ। संक्षिप्तमा भन्दा यिनै हुन बिषयवस्तु ।

 यसको कुनै तह पनि निर्धारण गर्नु भएको छ की एउटै मात्र तह हुन्छ?

हो, हामीले स्कुललाई आधारभूत र उच्च तह ( मध्यम र उच्च ) मा बिभाजन गरेका छौं भने उच्चतहका लागि कम्युनिस्ट कलेजको अवधारणा अघि सारेका छौं र संचालन गर्नेपनि सोचिरहेको छौ ।

विगत केहि बर्ष देखि तपाईंहरुको बिभागले स्कुलिङ गरिरहँदा सिकाईका दृस्टीले यो क्षेत्रमा के कस्ता समस्या र उपलब्धि भए जस्तो लाग्छ?

कम्युनिस्ट- युवाहरुलाई `सिक्न´ सिपालु बन्न लेनिनले उत्प्रेरित गरेका थिए । हामीले पनि सिकाइमा जोड दिएका छौ । गहिरिएर स्कुलको आवश्यकताबोध गर्नु/ हुनुलाई उपलब्धि र `अल्पज्ञान भयंकर´ लाई समस्याको रूपमा लिँदा ठिकै हुन्छ ।

प्रायः कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारीहरुमा अध्ययनशिल संस्कृति हुन्छ भन्ने आम बुझाई छ, के यो साचो हो?

हो, कम्युनिस्टहरुमा अध्ययनशिल संस्कृति हुन्छ तर पछिल्लो चरण त्यो कम्जोर बन्दै जानथालेको जस्तो देखिन्छ, जो चिन्ताको विषय हो । सायद पछिल्लो सुचना-प्रबिधिमा भएको बिकास र `पुँजीवादी उपभोक्तावादी संस्कृति ´को कारण अध्ययन संस्कृति कमजोर बन्दैछ जसलाई हटाउन आवश्यक छ । स्कुलले त्यो कार्य गर्दछ ।

 समग्रमा नेपाली समाज र बिशेषत:कम्युनिस्ट नेताकार्यकर्ताहरुको अध्ययनको स्तर कहाँ छ जस्तो लाग्छ? अथवा यसलाई कसरी मुल्यांकन गर्दा सहि होला?

हाम्रो नेपाली समाज र कम्युनिस्ट नेता / कार्यकर्ताको अध्ययनको स्तर पछि नै छ । यद्यपि प्राचीन नेपाल र प्रारम्भिक कम्युनिस्टको स्तर राम्रै थियो । बन्द समाज तथा अध्ययनमा प्रतिबन्धको राणाकाल अन्त्य भएको १०० बर्ष पनि पुगेको छैन । पुस्तेनी कम्युनिस्टहरु बिस्तार भैरहेका छन । विशेषगरी कम्युनिस्ट नेता/ कार्यकर्ताको अध्ययनको स्तरको मुल्यांकन गर्दा त्यसको गुण, मात्रा र गति पुग्दो छैन भनेर भन्नुपर्छ । खासगरी नयाँ पुस्तामा ।

 यो क्षेत्र, मुख्यगरि अध्ययन र पठानपाठनको कामलाई थप व्यवस्थित गर्न अब के गर्नुपर्ला ?

अध्ययन र पठनपाठनको काम व्यवस्थित गर्न स्कुललाई नियमित र व्यवस्थित गर्नुका साथै ज्ञानको भोक जगाउने र आफू रहेकोे समाज बुझ्ने र बदल्नेमा केन्द्रित गर्नुपर्छ । अध्ययन निरन्तर जारी रहने विषय भएकोले निश्चित समय, कक्षा वा बिद्यालयमा सिमित गरिनुहुँदैन । बरु जीवनको अनिवार्य हिस्सा बनाईनुपर्छ । यो सन्दर्भमा बाहुनको पुरानो संस्कारबाट सकारात्मक शिक्षा लिनसक्छौ ।

विषयवस्तुको हिसावले नेपाल कम्युनिस्ट पार्टी र यसका नेताकार्यकर्ताले अहिले अलिबढी केन्द्रीत हुनुपर्ने बिषयहरु के के होलान् ?

नेपाल कम्युनिस्ट पार्टी र यसका नेता / कार्यकर्ताले आजको बिश्व र नेपाली समाज बुझ्न सहयोगी, पार्टीका नयाँ संश्लेषणहरु पुष्टी गर्न सहयोगी र शास्त्रीय ज्ञान हासिल गर्न सहयोगी बिषयवस्तुको अध्ययन गर्नुपर्छ । केन्द्रित हुनैपर्ने विषयहरु भनेका क्रान्तिका समस्याहरु समाधान गर्न सहयोगी बिषययहरु नै हुन । अझ भनौं कि दलाल पुँजीवादले कहाँ, कसरी समस्या ल्याईरहेको छ र यसको समाधान कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रित गर्नुपर्छ । यसका लागि गुरुका रचनाहरु, पार्टीका दस्तावेजहरु र अन्य समाज बिज्ञानसग सम्बन्धित किताबहरुको अध्ययन गर्नुपर्छ ।

हिजो माओवादी आन्दोलन रक्षात्मक हुनुमा नियमित अध्ययन, खोज र अनुसन्धानको काम कमजोर हुनु पनि हो भन्दा के हुन्छ?

हो, एकदमै सहि हो । प्रचण्ड नेतृत्वको टिमले राम्रो अध्ययन गरेर नै जनयुद्ध शुरु गरेको थियो तर पछि आवश्यक मात्रामा त्यो हुन नसक्दा जनयुद्धले धक्का खान पुग्यो भन्दा अन्यथा
हुँदैन ।

अहिले एकथरी मानिसहरु डिजिटल प्रविधिले गर्दा किताब अध्ययनको सान्दर्भिकता सकियो भनेर तर्क गर्छ्न नि!

होइन, त्यो सत्य होईन । किताब अध्ययनको सान्दर्भिकता सकिएको छैन र सकिदैन ।

तपाईंहरुको आगामी काम र योजनाबारे केहि भन्नुहुन्छ ?

हामी निकट भविस्यमा केन्द्रीय स्कुलिङ्ग चलाउँदैछौं । त्यसपछि आन्तरिक पंक्ति र जनताको लागि अध्ययन सामग्री तयार गर्ने अनि भविस्यमा कम्युनिस्ट कलेजको तयारी गर्ने योजना छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।