६ कार्तिक २०८१, मंगलवार

चितवनका १८ ओटा क्याम्पसमा स्ववियु चुनाव स्थगित हुनु षड्यन्त्र हो: अखिल (क्रान्तिकारी )

0

चितवन / नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी चितवन जिल्ला समितीले जिल्लाका १८ ओटा क्याम्पसहरुमा स्ववियु निर्वाचन स्थगित हुनु षड्यन्त्र र दु:खद भएको बताएको छ। संगठनका जिल्ला इन्चार्ज सुदिपले आइतबार एक प्रेस बिज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन।

बिज्ञप्तीमा -आज चैत ०५ गते त्रि बि अन्तर्गत आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्व बि यु निर्वाचन हुनुपर्नेमा चितवनका दुई क्याम्पसमा निर्वाचन प्रक्रिया अगाडि बढ्नु सुखद पक्ष रहेता पनि अन्य १८ वटा क्याम्पसमा निर्वाचन नहुनु दु:खद कुरा हो !

निर्वाचन स्वतन्त्र ढङ्गले हुन नदिन यो सत्ता र ब्यबस्था लागि परेको देखिन्छ त्यसमा जिल्ला प्रशासन कार्यालय , जिल्ला प्रहरी कार्यालय , केही संसदबादी राजनैतिक पार्टी र क्याम्पस प्रशासनहरु विद्यार्थी आन्दोलनको थलो स्व बि यु लाई यो दलाल संसदिय ब्यबस्था झै असफल बनाई विद्यार्थीहरु माझ विद्यार्थी संगठनको कारण स्ववियु स्थगन गर्नुपरेको भ्रम सिर्जना गरि विद्यार्थी संगठनको औचित्य समाप्त पार्न उन्मुख हुनु खेदजनक छ भनिएको छ।

आफू निकट बिद्यार्थी संगठनहरु पराजित हुने अवस्था आए पछि स्थगन गरिएको स्व वि यु निर्वाचन प्रक्रिया तत्काल सुरुगरी सौहार्दपुर्ण बाताबरणमा स्व वि यु निर्वाचन सम्पन्न गर्न गराउन सम्पुर्ण सरोकारवाला निकाय हरुलाई हार्दिक अनुरोध गर्दछौ ! अन्यथा : हाम्रामागहरुप्रति ब्यवास्था गरिए उत्पन्न हुने परिस्थिति को जिम्मेवार सम्बन्धित निकाय नै हुने छ समेत जारी बिज्ञप्तीमा उल्लेख छ।
यस्तो छ बिज्ञप्तीको पुर्णपाठ:


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।