१५ बैशाख २०८१, शनिबार

राष्ट्रकाे ठूलठूला संकटलाई समाधान गर्न सक्ने संगठन युवा संगठन नेपाल हो : विकल्प

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका ताम्सालिङ ब्युरो इन्चार्ज विकल्प सीले देश र जनताकाे ठूलठूला संकटलाई समाधान गर्न सक्ने संगठन युवा संगठन नेपाल भएकाे बताएका छन् ।

युवा संगठन नेपालको पूर्वी ताम्सालिङ ब्युरोकाे बैठकलाई सम्वाेधन गर्दै यस्तो बताएका हुन् ।
विदेशी शक्तिहरूको चाैतर्फी हस्तक्षेप बढेकाले त्यसलाई राेक्न र देशलाई निकास दिन युवाहरूको भूमिका महत्त्वपूर्ण हुने बताए । देश गम्भीर संकटमा फसेको र जनताले असाध्यै दुःख पाएको भन्दै सिंगो देशको नेतृत्व लिन नेपाल कम्युनिस्टमा लामबद्व युवाहरू तयार हुनुपर्ने बताए । युवा संगठन सबकाे आशाकाे केन्द्र भएको समेत बताए । उनले देश र जनतामाथि दलाल संसदीय पूँजीवादी व्यवस्थाले गरिरहेको अन्याय अत्याचारका विरुद्व युवाहरूले विद्राेह गर्नुपर्ने बेला आएको भन्दै सबै देशभक्त, बामपंथी र प्रगतिशील युवाहरूलाई संगठित हुन आग्रह गरे ।
उनले भने,’दलाल पुजीवादले सबै अश्त्र प्रयाेग गरेर जनतालाई लुटिरहेकाे छ । पुँजीवादले नयाँ नयाँ प्राेजेटहरु ल्याएर गरेर लुटिरहेकाे छ । युवाहरुले जहाँ जादा पनि दलालहरुलाई दबाएर राख्नु आवश्यक छ ।’

नेता विकल्प सीले बैंक तथा वित्तीय संस्था र मिटर ब्याजीहरूले गरेको शाेषण विरूद्व युवाहरू गर्जिन अपिल गरे ।
युवा संगठन नेपालको पूर्वी ताम्सालिङ ब्युरोकाे बैठकले बैंक तथा वित्तीय संस्था र मिटर ब्याजीहरू विरूद्व संघर्ष गर्ने देखि लागूऔषध, दुर्व्यसनीमा फसेकालाई सुधार गर्ने, उत्पादनमा जाेड दिने र राष्ट्रिय स्वाधीनताकाे पक्षमा संघर्ष गर्ने लगायतको निर्णय गरेको छ ।
बैठकमा नेकपाका सिन्धुपाल्चोक जिल्ला इन्चार्ज किरण सी, पूर्वी ताम्सालिङ ब्युराे जबस फ्याक्स इन्चार्ज युगिन सीकाे पनि सहभागिता थियो । पूर्वी ताम्सालिङ जिल्लाका संयाेजकहरुले आ-आफ्नो कार्यक्षेत्रकाे रिपोर्ट राखेका थिए ।
बैठक संगठनका पूर्वी ताम्सालिङ ब्युरो संयाेजक शंकर सीकाे अध्यक्षतामा सम्पन्न भएको थियाे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।