१५ चैत्र २०८०, बिहीबार

प्रधानमन्त्री प्रचण्ड र नेकपा महासचिव विप्लवबिच भेटवार्ता

0

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी माओवादी (केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवबिच भेटवार्ता भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा पछिल्लो बिकसित देशको राजनीतिक घटनाक्रमबारे गम्भिर छलफल र समिक्षा भएको जानकारी श्रोतले दिएको छ।

नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट महासचिव विप्लवले बिगतमा सरकार र नेपाल कम्युनिस्ट पार्टी बिच भएको तीन बुदे सहमति अनुसार सरकारले राजनीतिक आस्थाका वन्दीहरुको रिहाई र मुद्दाहरुको खारेजी गर्नुपर्ने धारणा राखेको र प्रधानमन्त्री प्रचण्डले तीन बुदे सहमति अनुसारका कामहरू अगाडि बढाउनेबारे सकारात्मक जवाफ दिएको बताईएको छ भने भेटघाटमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड समेत सहभागी रहेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।