३ बैशाख २०८१, सोमबार

समाजवादी आन्दोलनमा सरिक हुन ८ मार्चको शुभकामना

0

आज श्रमिक तथा उत्पीडित महिलाहरुको संघर्षशिल गौरबको गाथा बोकेको विद्रोह र एकताको प्रतिकको रुपमा स्थापित श्रमिक महिला दिवस अथवा ८ मार्च ! यो दिवस विश्वभरीका महिलाहरुले आ–आफ्नो वर्गिय पक्षधरता अनुसार मनाउदै आएका छन । शोषक बर्गिय दृष्टिकोणबाट निर्देशित डलरवादी महिलाहरुले यसको संघर्षशिल सत्यतालाई तोडमोड गर्दै आफ्नो निहित स्वार्थका लागि मनोरञ्जनको साधन बनाएका छन ।

सर्वहारा वर्गिय दृष्र्टिकोणबाट निर्देशित आमुल परिवर्तनका पक्षधर क्रान्तिकारी महिलाहरुले “वर्गिय मूक्तिसंगै महिला मुक्तिका लागि” संघर्षको साधनको रुपमा मनाउदै आएका छन । हाम्रो संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले पनि महिलाहरुमाथि पितृसत्ता द्धारा थोपरिएका राजनैतिक, आर्थिक, सामाजिक, साँकृतिक उत्पीडनका विरुद्ध संघर्ष गर्दै “वर्गिय मुक्ति विना महिला मुक्ति सम्भव छैन” भन्ने मान्यतालाई आत्मासात गर्दै उत्पीडनको क्षतिपूर्ति स्वरुप “विषेशाधिकार” सहित राज्यसत्ताको समंग्र क्षेत्रमा समान अधिकार कायम नहुन्जेल संघर्ष कै रुपमा यो दिवसलाई मनाउने प्रतिबद्धता जाहेर गरेको छ ।

आफ्नो अधिकारको कुरा गर्दा अहिले पनि अनावश्यक झुट्टा मुद्दा थोपरिरहेको छ । मानसिक र भौतिक यातनाको सिकार बनाई रहेको छ । यसमा के दोष ? न भ्रष्टाचार गरेर अकुल सम्पति कमाएका छन ? न राष्ट्रको सम्पति, जल जमिन र जंगलको दुरुपयोग गरेर विदेशीलाई सुम्पेका छन ? न बलात्कार जस्ता जघन्य अपराध गरेर हजारौं दिदी बहिनीको जीवन चौपट पारेको छ ? न मानव तस्कर गरेर लाखौं नेपाली यूवा यूवति विदेशको गुलाम बनाएको छ ? न सरकारी जग्गा जमिन आफ्नो नाममा गरेको छ ? न आफ्नो शरीर बेचेर नैतिकता र इमान गुमाएका छन ? बरु यो राष्ट्रको असल नागरिक हुनुको नाताले समाजमा भएको अन्याय अत्याचार शोषण दमनको विरोध गरेका छन ।

राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा वकालत गरेका छन । गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्या र रोजगारको अभावले तडपिरहेका गरिव जनताको पक्षमा निरन्तर आवाज उठाईरहेका छन । पृतिसत्तावादी राज्यव्यवस्थाले महिलाहरुमाथि गरेको उत्पीडनको अन्त्य र विषेशाधिकार सहित राज्यका समंग्र क्षेत्रमा समान अधिकारको पक्षमा आन्दोलन गर्दै आएका छन ।

समाजवादका गुलिया नारा जपिरहेका पूँजीवादी संसदीय सत्ताको पावरमा संसदवादीहरुले सत्ताको दुरुपयोग गरेका छन । गैर न्यायिक ढंगले गरेको दमनको भण्डाफोर गर्दै न्यायिक फैसलाका लागि सम्पूर्ण प्रगतिशील देशभक्त, बुद्धिजीवी र समाजसेवी महिलाहरुको एकताबद्ध आवाजको जरुरी छ ।

समाजवादी महिला नेतृ रोजालक्जेमवर्ग र क्लाराजेडकिनले हिटलरको फासीवादी दमनको सामना गर्दै श्रमिक महिला दिवस जन्माउनु परेको थियो । यसको प्रारम्भिक थालनी आन्दोनलकै गर्भबाट भएको छ । ८ मार्च कै दिन १८५७ मा अमेरिकाको सिकागो सहरमा सुति कपडा कारखानामा मजदुर महिलाहरुले कामको घण्टा घटाउनु पर्ने, समान कामको समान ज्याला हुनुपर्ने, सुत्केरी विदाको ब्यवस्था हुनुपर्ने, ट्रेडयूनियनमा महिला मताधिकार सुनिश्चित हुनुपर्ने लगायतका माग राखेर आन्दोलन गरे । यो नै विश्वकै महिलाहरुको पहिलो एकताबद्ध विद्रोह थियो ।

यसपछि ८ मार्चकै दिन विश्वका विभिन्न ठाउँमा नारा जुलुस, प्रर्दशन, हड्ताल र आन्दोलन हुदै आए यसको संश्लेषित र संगठित रुपमा ब्यक्तः गर्ने जिम्मा सन् १९१० मा जर्मनको कोपन हेगनमा समाजवादी महिलाहरुको दोस्रो विश्व सम्मेलनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउने प्रस्तावलाई सर्वसहमतिले पारित भयो । जसको सेक्रेटरी क्लारा जेटकिन हुनुभयो । १९११ बाट विश्वभरी “अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरु गरियो । “वर्गिय मुक्ति संगै महिला मुक्ति प्राप्तिका लागि” फासिवादी दमनको सामना गर्ने क्रममा रोजालक्जेमवर्गले बलिदान दिनु परेको थियो ।

नेपालमा विस २०१६ सालबाट मनाउन सुरु गरियो । नेपाली महिलाले पनि परिवर्तनका लागि सुरु भएका आन्दोलनहरुमा त्याग समर्पण र बलिदानका असंख्य कृतिमान कायम गरेतापनि सरकारमा पुग्ने पुलको रुपमा गरिए अधिकार प्राप्त हुनसकेको छैन । जसको ज्वलन्त उदाहरण १० बर्षे जनयुद्धमा कर्णाली अञ्चलको बिकट बस्तिबाट न्यायको आवाज उठाउने क्रममा निरंकुस राजतन्त्रात्मक ब्यवस्था द्धारा सञ्चालन गरिएको फासिवादी दमनको सामना गर्ने अवस्थामा, अतिरुपा बिष्ट, अस्मिता बराल, चरित्रा न्यौपाने लगायत देशभर हजारौं नेपाली महिलाहरुले बलिदान दिनुपर्यो । तर विडम्बना भनौ बाध्यतात्मक परिस्थिति सिर्जना भएको छ ।

यहि परिस्थितिको गम्भीरता लाई आत्मासात गर्दै यो अवस्थामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने भनेको दलाल संसदीय पुँजीवादी ब्यवस्थाले महिलाहरुलाई चुलोचौकोबाट बाहिर निस्केर शहर बजार र सडकमा बेरोजगार र श्रमविहिन अवस्थामा यत्रतत्र अलपत्र छोडिदिएको छ । यसैले “क्षमता अनुसारको काम र काम अनुसारको दाम” को ब्यवस्था सिर्जना गर्न जरुरी छ ।

दलाल पुँजीवादी संसदीय ब्यवस्थामा पुँजी र पहुज हुने ब्यक्तिको मात्र हाली मुहाली हुन्छ । ईमान्दार गरिव र दक्ष जनशक्तिको वेवास्ता हुन्छ । आमूल परिवर्तन विना हाम्रो मुक्ति सम्भव छैन । यसका लागि बैज्ञानिक समाजवादी ब्यवस्थाको आवश्यत्ता छ ।

त्यसैले नेपाली महिलाहरुले वर्गिय राज्यसत्ता बाहेक सब थोक भ्रम हो । भन्ने मान्यता लाई आत्मासात गर्दै पितृसत्तावादी दलाल संसदीय ब्यवस्थाका ठेकेदारहरुले शाही शासनको झल्को आउने गरि चलाएको फासिवादी दमनको प्रतिरोध गर्दै राजनैतिक हिसाबले राज्यसत्ताका समंग्र क्षेत्रमा विषेशाधिकार सहित समान अधिकार कायम गर्नु ,आर्थिक क्षेत्रमा सम्पतिमा समान अधिकार कायम गर्नु, बेरोजगारीको अन्त्य गर्दै महिलाहरुलाई रोजगारी सिर्जना गर्नु, घरेलु कामको उचित मुल्याङ्गकन गर्दै पारिश्रमिकको ब्यवस्था गर्नु, उच्चशिक्षा र स्वास्थ्यमा अध्ययन निशुल्क गराउनु हाम्रो मुख्य माग रहको छ ।

यस्तै सामाजिक साँस्कृतिक क्षेत्रमा महिलाहरुमाथि लादिएको घरेलु हिंसा विभेदकारी संस्कार र संस्कृतिको अन्त्य गरी सम्मानीत जीवन ज्यूने संस्कार र संस्कृतिको विकाश गर्नु आवश्यक छ । उक्त अधिकार प्राप्तिको लागि बैज्ञानिक समाजवादी ब्यवस्था बाहेक विद्यमान ब्यवस्थाबाट सम्भव छैन । त्यसैले समाजवादी ब्यवस्था र स्थापनाका लागि संर्घष केन्द्रीत गर्नु नै अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउनुको सार्थकता हुन्छ ।

सम्पूर्ण दिदी बहिनीहरुलाई आफ्नो अधिकार प्राप्तिको आन्दोलनमा केन्द्रीत हुन अनुरोध गर्दै यसमा हाम्रो संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीको अग्रणी भूमिका रहने प्रतिबद्धताका साथ सम्पुर्ण दाजु भाई तथा दिदी बहिनीहरुमा अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा हार्दिक शुभकामना ब्यक्त गर्दछौं । धन्यवाद !

(८ मार्चवारे प्रतिवन्धको वेला जेलमा हुँदा लेखेको सामग्रीको )


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।