१३ बैशाख २०८१, बिहीबार

दलाल व्यवस्थामा कुर्सीको लडाई चलिरहेको छ: विवेक सी

0

२४ फागुन,दैलेख /नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा दैलेख जिल्ला इन्चार्ज विवेक सीले दलाल संसदीय व्यवस्थाका कारण देशमा महँगी ,भ्रष्टाचार ,दलाली संगै कुर्सीको लडाई चलिरहेको वताएका छन ।
नेपाल कम्युनिस्ट पार्टी ,दैलेख आठविस नगर समिति अन्तरगत वर्डान ६को बैठक तथा प्रशिक्षण कार्यक्रमलाई मंगलवार सिंहासैनको डावमा सम्वोधन गर्दै नेता विवेकले यस्तो वताएका हुन ।

उनले देशमा राजनीतिक तथा आर्थिक संकट चरम रुपमा देखिएको औल्याउदै देशमा देखिएको संकटको समाधान दलाल संसदीय व्यवस्था नभई वैज्ञानिक समाजवादी व्यवस्था भएको भनाई राखे ।

नेता विवेकले दलाल संसदीय व्यवस्थाको संघ,प्रदेशको निर्वाचनवाट निर्वाचित संसदीय पार्टीहरुका नेताहरु मन्त्री ,प्रधानमन्त्री,राष्ट्रपति र सभामुख लगायतका पदका व्यक्तिहरु कुर्सीको लागि मात्र लडेको दावी गरे ।

नेता विवेकले भने “संसदवादी नेताहरुलाई कुर्सी भए पुग्छ, जनतालाई के भयो ? देशलाई के भयो ? कुनै मतलव छैन ।”
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता विवेकले जनताको जीवन दिनप्रतिदिन महङ्गी,भ्रष्टाचार ,कालोवजारी,बैंक तथा लघुवितको चर्काे व्याजले आक्रन्त भएको चर्चा गर्दै नुन तेल,चामल र कपडा खरिद गर्दा पनि जनता लुटिएको वताए ।

कार्यक्रमको अवसरमा सहिद प्रेम वहादुर थापाका वुवा आठविस नगरपालिका व डा न ६ निवासी धनरुप थापा माओवादी केन्द्र परित्याग गरि नेकपामा प्रवेश गरेका छन । उनलाइ नेता विवेकले दोसल्ला ओढाएर सम्मान गरे ।
कार्यक्रमको अध्यक्षता वडा सेक्रेटरी देव सीले गरेका थिए भने सञ्चालन सुदर्शन सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।