१२ बैशाख २०८१, बुधबार

प्रतिक्रान्तिकारी वैद्यानिक कु हुनसक्छ :भरत सी

0

२४ फागुन , काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले प्रतिक्रान्तिकारी वैद्यानिक कु हुन सक्ने आसंका व्यक्त गरेका छन ।

उनले सर्वोच्च अदालतले प्रचण्ड विरुद्ध मुद्धा दर्ता गर्न दिएको आदेश तर्फ इङगित गर्दै यो आदेशले प्रतिक्रान्तिकारी वैद्यानिक कु हुन सक्ने वताएका हुन ।

नेता भरत सीले क्रान्तिकारीहरुले भने क्रान्तिको बिकासद्वारा त्यसको उचित जवाफ दिनुपर्ने वताए । उनले माओवादी केन्द्रलाई अदालतको आदेशले राज्यसत्ताको बर्गिय सार बुझ्न र समिक्षा गरेर नयाँ बाटो तय गर्न सुझाव दिदै सवै माओवादीहरुलाई नयाँ ढंगले सोच्न आग्रह गरे ।

नेता भरतले प्रचण्ड विरुद्ध अदालतको मुद्धा दर्ता गर्ने आदेश व्यक्तिगत मामिला नभै प्रतिक्रान्तिको स्वभाविक परिणाम भएको पनि जिकिर गरे ।

उनले यदि सर्बोच्चले प्रचण्डलाई दण्डित गरेछ भने त्यो प्रतिक्रान्तिकारी बैधानिक कू हुने र अहिलेका उनका सुरक्षागार्डले जेलसम्म पुर्याउन सहयोग मात्र गर्ने भन्दै प्रतिवाद तथा प्रतिरक्षामा लाग्न सवै क्रान्तिकारीहरुलाई अपिल गरे ।

नेता भरतले अदालतको आदेश शक्तिकेन्द्रको चाहना अनुसार भएको पनि खुुलासा गरे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।