२६ बैशाख २०८१, बुधबार

महासचिव विप्लवद्वारा सल्लाहकार होम सीकी आमा षटकुमारीको निधनप्रति शोक व्यक्त

0

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टीका सल्लाहकार समिति सदस्य होम सी की आमा षटकुमारी खतिवडाको निधनप्रति शोक व्यक्त गरेका छन।बुधबार एक शोक वक्तव्य जारी गर्दै आमा षटकुमारी खतिवडाले परिवर्तन र आन्दोलनमा पुर्याएको योगदानको सम्मान र स्मरण सहित शोक व्यक्त गरेका हुन।

इलामको देउमाई नगरपालिका मङ्गलेवार स्थित आफ्नै निवासमा ८५ वर्षको उमेरमा हुन गएको निधनले पार्टीलाई दुखित तुल्याएको र दुखको यस क्षणमा आफन्तजनहरुमा धैर्यधारणको कामना गर्दै खतिवडाप्रति पार्टीको तर्फबाट श्रद्धाञ्जली व्यक्त गरिएको छ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवद्वारा जारी शोक वक्तव्यमा भनिएको छ:”हाम्रो जनप्रीय नेपाल कम्युनिस्ट पार्टीका सल्लाहकार समितिका सदस्य होम सी की आमा षटकुमारी खतिवडाको ८५ वर्षको उमेरमा फाल्गुन २२ गते इलामको देउमाई नगरपालिका मङ्गलवारे स्थित आफ्नै निवासमा निधन हुनगएको छ। सर्वप्रथम उहाँको निधनप्रति गहिरो दुख सहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं ।

आमा षटकुमारी खतिवडाले परिवर्तन र क्रान्तिकारी आन्दोलनको क्रममा पञ्चायत विरुद्धका आन्दोलन, झापाली क्रान्ति,ऐतिहासिक महान जनयुद्ध र एकीकृत जनक्रान्तिको क्रममा पुर्याएको योगदानको पार्टी स्मरण गर्दै सम्मान गर्दछ।

साथै, दुखको यस क्षणमा कमरेड होम खतिवडा , उहाँको परिवार र आफन्तजनहरुमा धैर्यधारणको कामना सहित समवेदना प्रकट गर्दछौँ ।”
यस्तो छ विज्ञप्तीको पुर्णपाठ:


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।