७ बैशाख २०८१, शुक्रबार

अ.ने.म.संघ क्रान्तिकारी मकवानपुरद्वारा ८ मार्चकाे शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

0

मकवानपुर: नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी मकवानपुरले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रमकै बिचमा अनेम संघ क्रान्तिकारीको सेल कमिटी पनि गठन भएको छ ।

क्रान्तिकारीले ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । मनहरी-३ पालदमारमा भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज राम सीको प्रमुख आतिथ्यता रहेको छ भने पार्टीका वैकल्पिक केन्द्रिय सदस्य मिङमार सीको विशेष आतिथ्यता रहेको छ । त्यस्तै पार्टीका जिल्ला सदस्य बिमला सी, बिजय सी र सन्दिप सी लगायतको आतिथ्यता रहेको छ ।

कार्यक्रमकै बिचमा अनेम संघ क्रान्तिकारीको तीन वटा सेल कमिटी पनि घोषणा गरिएको छ । जसमा मुना सीको संयोजकत्व र सुनिता सीको सह संयोजकत्वमा ९ सदस्यीय सिद्धाकाली-कामीडाँडा सेल कमिटी, एन्जिला सीको संयोजकत्व र सरिता सीको सह संयोजकत्वमा ११ सदस्यीय शुकौरा सेल कमिटी र उजेली सीको संयोजकत्व र अस्मिता सीको सह संयोजकत्वमा १३ सदस्यीय डोठे-घट्टेदमार सेल कमिटी घोषणा गरिएको हो ।

कार्यक्रमको सम्बोधन गर्दै राम सीले समाजमा व्याप्त विकृति, विसंगति, हत्या, हिंसा, बलात्कार, अन्याय, अत्याचार र दमनका विरुद्ध सशक्त भइ आवाज उठाउन प्रेरित गर्दै न्याय, समानता र परिवर्तनका लागि आम महिला एकजुट हुन आह्वान गरेका छन् । त्यस्तै समाज परिवर्तनको लागि महिला दिदीबहिनीको अहम भूमिका रहने बताउँदै ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना दिएका छन् ।

यसरी अनेम संघ क्रान्तिकारी मकवानपुरका सदस्य शान्ति सीले सन्चालन गरेको कार्यक्रममा संगठनका सदस्य बिपना सीले स्वागत मन्तव्य राखेका हुन् भने अनेम संघ क्रान्तिकारी मकवानपुरका उपाध्यक्ष सानू सीको अध्यक्षता रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।