१६ चैत्र २०८०, शुक्रबार

पश्चिम जनकपुर ब्यूरोले अभियान उद्घाटनसँगै महिला दिवस मनायो

0

सर्लाही : नेपाल कम्युनिस्ट पार्टी पश्चिम जनकपुर ब्यूरोले आज एक कार्यक्रमका बिच एक महिने संगठन निर्माण तथा जनजागरण अभियानको उद्घाटन गरेको छ। कार्यक्रममा प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य तथा ब्यूरो इन्चार्ज जुझारु सीले पार्टीको ९ औँ केन्द्रीय  समितिको तेस्रो पूर्ण बैठकले लिइएको नीति तथा कार्यक्रमलाई प्रत्येक  जनताको घरदैलोमा पुर्याउने उदेश्यले अभियानको सुरुवात गरिएको बताउँदै पार्टीको आगामी योजना लगायत समसामयिक विषय वस्तुहरु राखेका थिए । सोही कार्यक्रमसँगै अखिल नेपाल महिला संघ क्रान्तिकारी पश्चिम जनकपुर ब्यूरोले ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु सिन्धुली जिल्ला इन्चार्ज शशि सी, र महोत्तरी जिल्ला इन्चार्ज पवन सी रहेका थिए । सँगै अखिल नेपाल महिला संघ क्रान्तिकारी पश्चिम जनकपुर ब्यूरो संयोजक प्रमिला सी, युवा संगठन नेपालका पश्चिम/पुर्वी जनकपुर ब्यूरो इन्चार्ज दिपक सीको उपस्थिति रहेको संयुक्त कार्यक्रमको अध्यक्षता ब्यूरो सदस्य तथा महोत्तरी जिल्ला सेक्रेटरी धनलाल सी र स्वागत मन्तब्य ब्यूरो सदस्य एवं सिन्धुली जिल्ला सेक्रेटरी भरत सी र संचालन केन्द्रीय प्रतिनिधि समिति सदस्य, सर्लाही जिल्ला सेक्रेटरी जनक सीले गरेका थिए । उक्त अभियान ब्यूरोका ३ जिल्लामा १०/१० दिन चल्ने अखिल नेपाल किसान महासंघ पश्चिम जनकपुर ब्यूरो संयोजक ल्वाङसिं सीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।