१८ जेष्ठ २०८२, आईतवार

महिला हिंसाको अन्त्यको लागि संघर्ष गर्न नेता समर सीकाे आग्रह

अनेम संघ क्रान्तिकारी कञ्चनपुरको अध्यक्षमा समिक्षा सी चयन

0

फागुन २४,कञ्चनपुर । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य समर सीले समाजमा हुने सबै खाले महिला हिंसाको अन्त्यको लागि क्रान्तिकारी महिलाहरुले संघर्ष गर्नुपर्ने बताएका छन ।

बुधबार कञ्चनपुरको झलारिमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) काे जिल्ला भेलालाई सम्बाेधन गर्दै नेता समर सीले दलाल संसदीय व्यवस्थाबाट महिला हिंसा लगायत कुनैपनि हिंसाको अन्त्य नहुने भन्दै यसको अन्त्यको लागि क्रान्तिकारी महिलाले संघर्ष गर्नुपर्ने बताएका हुन ।

महाकाली ब्युरो इन्चार्ज समेत रहेका नेता समर सीले याे व्यवस्थामा जनयुद्धबाट प्राप्त अधिकार पनि गुम्दै गएको र महिलालाई आरक्षण काेटामा मात्रै सिमित गरि त्यही पुरूष प्रधान समाजलाई निरन्तरता दिएको टिप्पणी गरे ।

उनले गैरसरकारी संस्था एनजीओ, आइनजीओले सोझासाझा महिलाहरुलाई अधिकारका नाममा झन् ठूलो हिंसा गर्ने काम गरिरहेको भन्दै यसलाई राेक्न अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) ले संघर्ष गर्नुपर्ने बताए ।

नेता समर सीले आफ्नो पार्टीले महिलालाई बराबर अवसर र बराबर दर्जा दिएको भन्दै समाज विकसित युगमा प्रवेश गर्दा पनि सुदूरपश्चिमका जिल्लाहरुमा छाउपडी प्रथा जीवित रहनु दुःखत रहेको बताउँदै यस्ता खाले घरेलु हिंसाका विरुद्ध पनि संघर्ष गर्न आग्रह गरे ।

उनले पुरूष प्रधान समाजले महिलालाई अवसर नदिएर सुनियोजित रुपमा उत्पीडनमा पारेको भन्दै अब गाउँ समाजमा सम्पूर्ण महिलाहरूमा राजनीतिक जागरण पैदा गराउनुपर्ने बताए ।

नेता समर सीले पछिल्लो समय गाउँमा लघुवित्त, बैंकले महिलालाई भुलभुलैयामा पारेर लुट मच्चाउने काम गरिरहेकाे छ, याे गलत हाे । त्यस्ता दलाली गर्नेलाई क्रान्तिकारी महिलाहरुले तह लगाउनुपर्ने बताए ।

कार्यक्रम बाेल्दै नेकपा कञ्चनपुर जिल्ला इन्चार्ज विराट सीले यो राज्यको संरचनाले महिलालाई आर्थिक रूपमा कमजोर बनाएको र नेकपाले महिलालाई आत्मनिर्भर बनाउन एक महिला एक रोजगारी उपलब्ध गराउन संघर्ष गर्ने बताए ।

उनले आजको समाजमा महिलाले आफ्नो अधिकारको निम्ति लड्नु सक्नु पर्छ र विद्रोही चेत निर्माण हुनुपर्ने बताए ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय सदस्य ममता सीले विश्वकै महिलाको मुक्ति भएको दिन आज मार्च ८ अर्थात अन्तर्राष्ट्रिय महिला दिवस रहेको सम्झिदै महिलाको पूर्ण रुपमा मुक्ति अझै नभएको बताइन् ।

उनले विश्वका हरेक परिवर्तन र क्रान्तिको आन्दोलनमा महिलाको ठूलो भूमिका रहेको र महिलाहरु क्षमता नभएर पछाडि नपरेको भन्दै यो समाजले जबरजस्ती महिलालाई अधिकारबाट वञ्चित गराएको जिकिर गरिन ।

उनले महिलाहरूलाई महिला भएकै कारण यदि कसैले अधिकारबाट कुण्ठित गर्ने दुसाहस् गर्छ भने आफ्नो संगठनले त्यसको विरुद्ध सशक्त प्रतिवाद गर्ने समेत उद्घोष गरिन ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) काे कञ्चनपुरकाे प्रथम जिल्ला भेलाले समीक्षा सीको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

भेलामा सहभागी महिलाहरुले अन्तर्राष्ट्रिय महिला दिवसकाे शुभकामना आदानप्रदान गर्दै दिवसलाई मनाएका थिए ।

समीक्षा सिको अध्यक्षतामा सम्पन्न भेलामा नेकपा कञ्चनपुर जिल्ला सेक्रेटरी दिवाकर सी, अखिल क्रान्तिकारी केन्दीय सदस्य ललित सी, श्रमिक समुदाय मोर्चाका केन्द्रीय सदस्य लोकेन्द्र सी लगायतका अतिथिकाे सहभागी रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।