विषयप्रवेश
त्रिभुवन विश्वविद्यालय र आङ्गिक कलेजहरूमा यही चैत्र ५ गते स्ववियुको चुनाव हुँदैछ । पछिल्लो १४ वर्षदेखि त्रिविलगायत उपत्यकाका १३ र बाहिरका २३ गरी ३६ क्याम्पसमा निर्वाचन हुन सकेको छैन । त्रिविले २८ वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणाली लागू गरेपछि २०७३ सालमा निर्वाचन भएको थियो । मिश्रित प्रणालीअनुसार सभापति, सचिव तथा कोषाध्यक्ष प्रत्यक्ष निर्वाचन तथा उपसभापति र सहसचिव समानुपातिक एवं ५० प्रतिशत सदस्य समानुपातिकबाट चयन हुने व्यवस्था छ ।
त्रिविले निर्वाचन कार्यतालिका प्रकाशित गरेको दिनसम्म वार्षिक प्रणालीअन्तर्गत स्नातक तह प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरूलाई मात्र मतदाता नामावलीमा समावेश गर्नुपर्ने र अन्यको हकमा मतदाता नामावली प्रकाशित हुने मितिभन्दा दुई दिनअघिसम्म नियमअनुसार भर्ना भएका विद्यार्थीलाई मतदाता नामावलीमा समावेश गर्न मिल्ने जनाएको छ । कुनै तहको अन्तिम सेमेस्टर वा अन्तिम वर्षको सैद्धान्तिक परीक्षा दिइसकेका विद्यार्थीहरू निर्वाचनमा सहभागी हुन नपाइने, मतदाता नामावलीमा नाम भएका विद्यार्थीहरूको परीक्षाको कारण परिचयपत्र तयार नभएमा तत्काल सम्पन्न भएको परीक्षाको प्रवेशपत्रको आधारमा मतदान गर्न पाइने व्यवस्था निर्देशिकाले गरेको छ ।
धेरै समय पछि हुदै गरेको स्ववियु निर्वाचन २०७९ को के महत्व छ । नेपालमा स्ववियूको भूमिका कस्तो हुनुपर्छ ? युवा विद्यार्थीले कस्तो आन्दोलन र विद्यार्थी सङ्गठनलाई निर्वाचित गर्नुपर्छ ? भन्ने विषय निकै महत्वपूर्ण छ । यो विध्यार्थी स्ववियुलाई मिनि सरकारको रुपमा पनि लिने गरिन्छ । स्ववियू कुन संगठनले जित्यो त्यो अनुसार नेपालको सत्तामा पनि यसको प्रत्यक्ष प्रभाव रहने हुदा अवका यूवा विद्यार्थीले कस्तो संगठन रोज्ने भन्ने कुरा निकै महत्वपूर्ण छ ।
१) जनतन्त्र, प्रजातन्त्र र स्ववियू
स्ववियूको स्थापना पञ्च्याएती व्यवस्थाबिरोधी संघर्षका क्रममा भएको हो पन्च्ययती ब्यवस्था लादिएपछि जनताको दल खोल्ने र राजनीतिक विचार फैलाउने अधिकार खोसियो । युवा जागरुक विद्यार्थीहरूलाई समेत कलेजहरूमा राजनीतिक विचार अध्यायन र व्यक्त गर्ने अधिकार दिइएन । त्यसका विरुद्ध विद्यार्थीहरूले पञ्चायती व्यवस्थाविरुद्ध सङ्घर्ष गरे र कलेजहरूमा स्वावियु खोल्न पाउनुपर्ने माग गरे । २०१६ सालदेखि ०२१ सालसम्मको सङ्घर्षपछि विद्यार्थीले स्ववियु खोल्न पाउने अधिकार पाए । स्ववियुमार्फत विद्यार्थीहरूले राजनीतिक विचारहरू आदानप्रदान गर्न थाले । यो नेपाली विद्यार्थी आन्दोलनमा निकै ठूलो विजय त थियो नै साथसाथै नेपालको राजनीतिक सङ्घर्षमा पनि एउटा महत्वपूर्ण सफलता थियो स्ववियु खोल्न पाउने सफलता निरङ्कुश, तानाशाही व्यवस्थाको असफलता र जनतन्त्र,वास्तविक लोकतान्त्रिक अधिकारको सफलता थियो । त्यसबेला स्ववियु सोभाव तह जनताको मन्च वन्यो यो सहि भयो ।
२) स्वाधिनता र स्ववियू
२०४६ सालमा नेपालमा वहुदलिय व्यवस्था स्थापना भएपछि निरंकुश शासनको समस्या कम भयो जसताले दल खोल्नपाउने विचार राख्नपाउने भए तर जनताका अधिकारहरू सुनिश्चित गर्ने र देशको सार्वभौमिकता रक्षा गर्नेमा समस्या भयो । दल मात्र खोलेर वा विचार मात्र । प्रचार गरेर जनताको जीवनमा कुनै परिवर्तन आउन सकेन ।
समाजमा व्याप्तसामन्ती उत्पीडन, विभेद र ठगी घटेन किसान, मजदुर, श्रमिक वर्ग, जनताले गाँस, बासको अधिकार पाउन सकेनन् । देशमाथि भारतीय विस्तारवादी हस्तक्षेप महाकाली सन्धिसम्म पुग्यो । यो सबै अवस्थामा नेपाली जनताले जनताका जनतान्त्रिक अधिकार र राष्ट्रिय सर्वभौमिकताको सङ्घर्ष बढाए । त्यसको प्रभाव स्वतः कलेजका विद्यार्थीमा पयो। स्ववियुहरू बहुदल कालमा जनतन्त्र र राष्ट्रिय स्वाधीनताको मञ्च बने । कलेजका विद्यार्थीहरुले जनता र राष्टका वक्षमा निर्णयहरु गरे जनयुद्ध त्यसैसँग संवन्धित परिणाम थियो
३) शान्तिप्रक्रिया, दलाल व्यवस्था र स्ववियू
माओवादी र संसदवादी दलका विचमा शान्तिप्रक्रिया अगाडी वढेपछि कलेजका विद्यार्थीहरुमा यसको प्रत्यक्ष प्रभाव पर्यो विद्यार्थीहरु यो वहसमा सहभागी भए । जनवाद र स्वाधीनताका लागि विद्यार्थीहरूमा ठूलो जागरण उर्लियो । स्ववियु शान्ति र परिवर्तनका पक्षमा देखाप¥यो । कलेजहरूमा अध्ययन गर्ने विद्यार्थीहरूले राजनीतिक परिवर्तन, शान्ति र स्वाधीनताका लागि मतदान गरे । त्यो प्रवृत्तिको नेतृत्व गर्ने विद्यार्थी सङ्गठन माओवादी निकट अखिल (क्रान्तिकारी)लाई विद्यार्थीले साथ दिएर विजयी गराए । त्यसैको परिणाम संविधानसभाको चुनावमा पनि व्यक्त भयो । माओवादीले पहिलो संविधान सभाको चुनावमा गरेको विजयमा पनि यो जोडिन पुग्यो ।
आज नेपालमा नेकपा र केपी सरकार विच भएको तिनवुँदे सहमति कार्यन्वयन भएको छैन । जनको अधिकार स्थापित गर्न लडेका नेकपाका ५० भन्दा वढी नेताकार्यकर्ता अहिले पनि जेलमा कैद गरिएको छ । वृहत शान्तिप्रक्रियाका एक हस्ती प्रचण्डका नाममा मुद्धा हालिएको छ । पुरै राज्यव्यवस्था ३ वुँदे सहमती र वृहत शान्तिप्रक्रियाको मर्मविपरीत उल्टिन पुगेको छ । देशमा पुनः राजतन्त्र व्युताउने षणेन्त्र हुदैछ ,दलाल संसदीय व्यवस्था अझै सुदृढ हुन पुगेको छ जनतन्त्र र लोक तन्त्र कमजोर भएको छ । नेपालका किसान, मजदुर,महिला,श्रमिक जनता, युवा, श्रमिक समुदाय, जनजाति, मधेसी सबै पुनः उत्पीडनमा पर्न गएका छन् । देशमा दलालतन्त्र यति हाबी हुन पुगेको छ कि सत्तामा बसेका शासकहरूलाई नेपाली जनता र राष्ट्रको कुनै मतलब छैन । जनतालाई कसरी सुखी, सम्पन्न र समृद्ध गराउने भन्नेमा मतलब छैन । दलालहरूको प्रतिस्पर्धा विदेशी मालिकहरूलाई खुसी पार्ने र जनतालाई कसरि लुट्ने भन्नेमा मात्र केन्द्रित छ । आफ्नो कुर्सी र पद बच्छ भने देशै बेच्न पनि तयार हुने दलाल प्रवृत्तिको बिगबिगी नै छ । नेपालमा विदेशीको सेवागर्न केही राजनितिक दलनै खोलिएको छ ,यस्ता दलाल तत्वहरू राजनीति, पार्टी, कर्मचारीतन्त्र, सुरक्षा, उद्योगव्यवसाय सबैतिर घुसेका छन् । यी तत्वहरूले नेपालको सिंहदरबारबाट काम नगरेर सीआईए र रहको आदेशमा काम गरिरहेका छन् । यी दलालहरूको लाचारीपनबाट जनतामा ्र समेत लज्जित हुनुपरेको छ ।
नेपालमा राजनीतिक अस्थिरता चुलिएको छ । अर्थतन्त्र बर्बाद भएको छ । वित्तिय संस्थाहरुले जनतालाई रिण असुलीको नाममा ज्यादति,दमन र आत्महत्या गर्न वाध्य पारेकाछन,यो दमनको नियमन गर्ने नेपालमा सरकार छैन,नेपालमा कुनै राज्य छैन । जनता झन् गरिब हुनुपरेको छ । देशको सार्वभौमिकतामाथि भीषण हमलाभइरहेको छ । महंगो युरोनियम आणविक तत्व कव्जा गर्न एम सी सी मार्फत अमेरिका आईरहेको छ ,अपरकर्णाली र अरुण तीनलाई भारतको हातमा बेचिएको छ । नेपालमा बिजुली निकालेर सबै भारतमा लगिँदैछ । सारा नदीनालाहरूमा भारतको नियन्त्रण हुँदै गएको छ । सीमा क्षेत्रमा तनाव बढेको छ । भ्रष्टाचारले देश बेहाल भएको छ । व्यापारघाटा अतुलनीय रूपले बढेको छ । प्रशासनलगायत क्षेत्रमा भागबन्डा लगाएर खाने काम भइरहेको छ । न्यायलय मनपरि चलिरहेको छ ,हाम्रो देशमा यो समस्या हुनुको मुख्यकारण संसदिय दलाल पूँजीवाद र विदेशी हस्तक्षेप हो । जुन समस्याले जनता र देशलाई क्षति भईरहेको छ । यो समस्याविरुद्ध विद्यार्थी स्ववियु सङ्घर्षको मञ्च वन्दै आएको छ । आज देशको सबैभन्दा ठूलो समस्या दलाल प्रवृत्ति र दलालीकरण बनेको छ । यो प्रवृत्तिले हाम्रो देशको स्वाधीनता र सार्वभौमिकतामाथि गम्भीर आघात पुरÞ्याइरहेको छ । यसर्थ यसपटकको स्ववियु राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको रक्षा र दलालीकरणका विरुद्ध उभिन जरुरी छ ।
निष्कर्र्ष
देशको स्वाभिमान र स्वाधीनतालाई हाम्रा विद्यार्थीले बुझ्नुपर्छ । हाम्रो इतिहास पढ्नुपर्छ । जति बेला देशलाई विदेशीले च्यापेको छ त्यसबेला विद्यार्थीहरू सङ्घर्षमा होमिएर आफ्नो देशको स्वाधीनताको रक्षा गरेका छन् । यसको सबैभन्दा सशक्त उदाहरण २००८ साल कात्तिक २० गते दिल्ली सम्झौताका विरुद्ध सङ्घर्ष गर्दा विद्यार्थी चिनियाँकाजी श्रेष्ठले काठमाडौँको भूगोलपार्कमा गरेको बलिदानलाई लिन सकिन्छ । पछि कोसी, गण्डकी सम्झौताको विरुद्ध भएका विद्यार्थी सङ्घर्ष, पञ्चायती व्यवस्था रहँदासम्म भएका असमान सन्धिसम्झौताका विरुद्धका सङ्घर्षहरु,गरेको महाकाली सन्धिविरुद्ध गरेका विद्यार्थी सङ्घर्ष, विपुलेख सवैखाले सिमाअतिक्रमण विरुद्ध भएका संघर्ष,विप्पा सम्झौता,भारतिय अध्यागमन कार्यलय हटाउने सङ्घर्ष,साथै पछिल्लो एम सीसी सम्झौता विरुद्धको वानेश्वरमा गरेको सङ्घर्र्षले यो साबित गर्छन् ।
आज देशमाथि विदेशी, मुख्यतः भारत र अमेरिकाको हस्तक्षेप निकै चर्को बन्दै गएको छ । जलस्रोत, खानी, सीमा, हुँदै हाल युरोनियम कव्जा गर्न सिआइ ए आइपुगेको छ । नेपालको राजनीति सरकार र पार्टीहरूमा उनीहरू हाबी बनेका छन् । रविन्द्र मिश्र,उज्वल थापा रविको स्वतन्त्र पार्टी र दुर्गा परसाई यसका उदाहारण हुन । कर्मचारी, सुरक्षा फौज सबैमा घुस्दै गएको पाइन्छ । नेपाली समाज भाँड्नमा विदेशीहरु सक्रिय भएका छन । यो अवस्था देशका लागि निकै संवेदनशील बनेको छ । देशले यस्तो स्थिति भोगिरहेको अवस्थामा विद्यार्थीले स्ववियुलाई देशको स्वाधीनता सार्वभौमिकताका पक्षमा उभ्याउन आवश्यक छ । स्ववियु चुनावमा देशको माया गर्ने र विदेशी हस्तक्षेपविरुद्ध सङ्घर्ष गर्नसक्ने विद्यार्थी सङ्गठन र त्यसका कार्यकर्तालाई चुन्न जरुरी छ । यतिबेलाको सन्दर्भमा त्यो सङ्गठन भनेको नेपाली विद्यार्थी आन्दोलनमा विद्यार्थीकै सेवामा समर्पित हुने प्रतिष्ठा बनाएको र बनाउँदै बढेको सङ्गठन नेपाल कम्युनिस्ट पार्टी निकट (अखिल(क्रान्तिकारी) विप्लव निकट) हो । हामीलाई जानकारी छ– युवा विद्यार्थीको आकर्षण र सहयोग यो सङ्गठनमा बढ्दै पनि गएको छ । विश्वास छ, ढिलोचाँडो नेपाली विद्यार्थीहरू यसमा गोलवन्द हुने देखिन्छ । देशका तमाम समस्याको हल गर्न एउटा शसंक्त प्रकारको संघर्ष आवश्यक हुन्छ । सशंक्त प्रकारको संघर्ष गर्न जुझारु विद्यार्थी संगठन चाहिन्छ ,संगठन जुझारु वन्न सहि विचार र शिद्धान्तद्धारा गाइडेट भएका नेता कार्यकर्ता हुनु पर्दछ हाम्रो संगठ नेपालको नयाँ भविस्य निर्माण गर्न एकीकृत जनक्रान्तिमा होमियको पार्टी र त्यसका नेताहरुको नेतृमा संरक्षित एक सडक बाघ संगठन हो । यसको विजयमा राष्ट्रिय स्वाधिनता,जनवादी शिक्षा,वैज्ञानिक समाजवाद,नयाँ शिक्षा नितिनिर्माण गर्न अवको स्ववियु चुनावमा (अखिल(क्रान्तिकारी) विप्लव निकट) लाई अत्याधिक वहुमतले विजय गराउनु आजको आवश्यक्ता जस्तै वनेको छ । मौका आउँछ पर्खीदैन वगेको खोला फर्कीदैन त्यसैले युवा बिद्यार्थीहरुले यो संगठनलाई चुन्नु बुद्धिमत्ता हुनेछ ।
(नेपाल कम्युनिष्ट पार्टीका बारा जिल्ला इन्चार्ज हुन्)
२०७९ फागुन २६