७ बैशाख २०८१, शुक्रबार

१०दलित सङ्गठनहरुद्वारा छुवाछूत गर्ने गाउँपालिकाअध्यक्षलाई कार्वाहीको माग

0

काठमाडौ / सिरहाको भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवले आफ्नी आमाको १३ औं दिनको पुन्यतिथिको क्रियाभोजममा दलितहरुमाथि छुवाछूत गरेको घटनाप्रति संयुक्त दलित राजनीतिक संघर्ष समितिले कार्वाहीको माग गरेको छ।संघर्ष समितिमा आवद्ध १०ओटा संघ/ सङ्गठनहरुले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन।

विज्ञप्तीमा-” सिरहा भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवले फाल्गुन २२ गते आमाको १३ औं दिनको पुन्यतिथिमा आयोजित क्रीयाभोजमा दलित, मुस्लिम र गैरदलितका लागि अलगअलग साइनबोर्ड टाँसेर, अलगअलग लाईन बनाएर दलित माथि गरिएको जातीय छुवाछूत तथा भेदभावको अमानवीय घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ “भनिएको छ ।

” भोजमा विभिन्न पार्टीका नेताहरू , प्रदेश र प्रतिनिधि सभाका आधा दर्जन बढी  सांसद , मेयर- उपमेयरहरु उपस्थित भोजमा जातिय छुवाछूत गरिएकोमा प्रश्न उठाउने केहि सचेत दलितहरूलाई स्वयंसेवकले लखेटेका थिए ” संयुक्त राजनीति दलित संघर्ष समितिद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

त्यस्तै विज्ञप्तीमा – “नेपालको संविधान र प्रचलित कानुनलाई ठाडो चुनौती दिनेगरि गाउँपालिका अध्यक्ष जस्तो निर्वाचित व्यक्ति तथा सो बिभेदकारी भोजमा जिम्मेवार नेताहरू तथा सार्वजनिक पद धारण गरेका व्यक्तिहरु उपस्थित भएको स्थानमा जातीय छुवाछूतलाई संस्थागत हुनेगरि घटाईएको घटनामा संलग्न गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कानुनी कार्वाही गर्न जोडदार माग गर्दछौं ” भनिएको छ।

विज्ञप्तीको पुर्णपाठ:


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।