१४ बैशाख २०८१, शुक्रबार

सामना कलाकारद्वारा जनसङ्गीत अभियानको प्रारम्भ

0

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल नेपाल जनसांस्कृति महासंघ केन्द्रिय सामना परिवारले सामना जनसङ्गित अभियान सुरु गरेको छ ।

अभियानको उद्घाटन शुक्रबार नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य तथा जनसांस्कृति महासंघका अध्यक्ष माइला सी तथा महासंघकै महासचिव कुशल सीले काठमाडौ जिल्लाको पार्टी सम्पर्क कार्यलय कपुरधारामा गरेका थिए ।

उक्त जनसङ्गित अभियान मध्य पहाडी राजमार्ग अन्तर्गतका जिल्लाहरुमा हुने भएको छ ।
अभियान नुवाकोट ,धादिङ ,चितवन ,तनहु ,कास्की ,पर्वत ,म्यादी बाग्लुङ ,पुर्वी रुकुम ,पश्चिम् रुकुम ,जाजरकोट ,दैलेख ,अछाम ,डोटी ,डडेल्धुरा र बैतडीमा सञ्चालन गर्ने बताइएको छ ।

अभियान टोलीको नेतृत्व सामना परिवार संयोजक तथा पार्टीका केन्द्रिय सदस्य आरोह सीले गर्नेछन् भने अभियानमा झन्डै डेढ दर्जन कलाकार संलग्न रहनेछन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।