६ बैशाख २०८१, बिहीबार

बैंक तथा वित्तीय संस्थाका दलालहरुलाई जनताले कार्बाही गर्नेछन् : विषम

0

फागुन २७, मुगु /नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य विषम सीले मिटर ब्याजी, बैंक तथा वित्तीय संस्थाको बेथिति बढ्दै गएको भन्दै यसका दलाललाई जनताले कार्बाही गर्ने चेतावनी दिएका छन ।

नेकपा उत्तर कर्णाली ब्युरोकाे शुक्रबार मुगुमा आयाेजित जनसभा कार्यक्रमलाई सम्बाेधन गर्दै नेता विषम सीले बढ्दो महङ्गी, कालोबजारी, बैंक तथा वित्तीय संस्थाको चर्को शोषणका कारण जनतालाई आत्महत्या गर्न बाध्य पर्ने दलाललाई नेकपाले कार्वाही गर्ने चेतावनी दिएका हुन ।

उनले गाउँघरमा लघुवित्तका कारण जनताहरु गाउँ नै छाडेर विस्थापित हुन बाध्य छन । राष्ट्रिय पुँजीपति ,व्यवसायीहरु चर्को बैंक ब्याजदरका कारण आत्मदाह गरिरहेका छन । मुलुक आर्थिक हिसाबले टाट पल्टिएकाे छ । यसको कारकतत्व दलाल संसदीय पुजीवादी राज्यव्यवस्था भएको भन्दै यसको समाधान वैज्ञानिक समाजवादी राज्यव्यवस्थाबाट मात्र सम्भव हुने ठाेकुवा गरे ।

नेता विषमले- देशलाई बन्धक बनाएर आफ्नो सत्ता स्वार्थको राजनीति गरिरहेका काँग्रेस, एमाले, माओवादी केन्द्रले एमसिसी लगायतका राष्ट्रघाती सम्झौता गरि साम्राज्यवादकाे गुलाम भएको टिप्पणी गरे ।

उनले जुन उद्देश्यले जनताले भोट दिए, त्यसको विपरित उल्टै जनताको लुट मच्चाएको भन्दै त्यस्ता लुटेरालाई जनताले लखेट्नु पर्ने बताए ।

नेता विषमले कर्णालीको विकासकाे नाममा भ्रष्टाचार गरेर आफू र आफ्ना आसेपासे माेटाउने गरेको भन्दै यस्तालाई अब जनताले चाँडै ठेगान लगाउनु पर्ने बताए ।

जनसभा कार्यक्रममा उत्तर कर्णाली ब्युरो इन्चार्ज संगम सी, मुगु जिल्ला इन्चार्ज समाज सी, हुम्ला जिल्ला इन्चार्ज निर्माण सी, अनेम संघ क्रान्तिकारी केन्द्रीय सदस्य सभ्यता सी लगायतका अतिथिको सहभागिता रहेको थियो ।

कार्यक्रम बाजागाजा सहित गमगढी बजार परिक्रमा गरि महाकाली माविको प्राङ्गणमा जनसभामा परिणत भएको थियो । जनसभा कार्यक्रममा प्रभात जन साँस्कृतिक परिवारको प्रस्तुति समेत रहेको थियो ।

मुगु जिल्ला सेक्रेटरी शंकर सीको अध्यक्षता रहेको कार्यक्रमकाे हुम्ला जिल्ला सेक्रेटरी विश्वदिपले संचालन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।