१४ बैशाख २०८१, शुक्रबार

“स्मृतिमा वीरजङ्ग” : कम्युनिस्ट आन्दोलनको साझा दस्तावेज

0

२७ फाल्गुन ,बुटवल /नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन पोलिटव्युरो सदस्य चन्द्र बहादुर चन्द वीरजङ्गको व्यक्तित्व, स्मरण र योगदानमा आधारित “स्मृतिमा वीरजङ्ग” कृतिको परिचर्चा कार्यक्रमका टिप्पणीकारहरुले यो कृति समग्र कम्युनिस्ट आन्दोलनको साझा अभिलेख सहितको दस्तावेज भएको बताएका छन् ।शनिबार रुपन्देहीको बुटवलमा आयोजित “स्मृतिमा वीरजङ्ग” कृतिको परिचर्चा कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो टिप्पणी गरेका हुन्।

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल शर्मा बिरहीले वीरजङ्गलाई  चरम शारीरिक र मानसिक यातना दिएर , समयमै उपचार गर्न नदिएर उनको निधन हुन गएको र अब उहाँको सच्चा सम्मान र स्मरणका लागि बीरजङ्गको आदर्शलाई पछ्याउँदै उनको सपना साकार पार्नु आवश्यक रहेको बताए।

“जनयुद्धको बेला राज्यले बिदेशी सहयोगमा हवाई सेना परिचालन गर्यो, सरकारी सेनाले बाहिर क्रान्तिकारीहरुलाई छोडेर आफ्ना किल्लाहरु मजबुत बनाउने र युद्ध लम्ब्याउने रणनीति बानायो, त्यसलाई कसरी तोड्ने भन्ने चुनौती माओवादी आन्दोलनमा पैदा भयो,यस्तो स्थितिमा विचारलाई , कार्यदिशालाई र संयुक्त मोर्चालाई विकास गर्न नसकेपछि प्रचण्डहरुले आत्मसमर्पणको बाटो लिएका हुन्” उनले भने”पुरानो राज्यसत्तालाई नबदलिकन सर्वहारा वर्गको विचार लागु गर्न सकिदैन भन्ने कुरा सन १८७१ को पेरिस कम्युनबाट स्थापित र प्रमाणित सत्य थियो, त्यो कुरा बुझेर पनि बुझ पचाएपछि प्रचण्डको यस्तो स्थिति  हुन गएको हो।”

नेपाल कम्युनिस्ट पार्टी पुर्वी लुम्बिनी ब्युरोद्वारा आयोजना गरिएको कार्यक्रममा नेता शर्माले देशको राजनीतिक आर्थिक अवस्थावारे बोल्दै उनले -एकातिर दक्षिणपन्थी अवसरवादीहरुको धुर्विकरण र अर्कोतिर क्रान्तिकारीहरुको धुर्विकरणको प्रक्रिया अगाडि बढिरहेको र गणतन्त्र आइसकेपछि सबै प्रयोगहरु भए तर देश झन्झन् संकटको दिशामा अगाडि बढ्दै गएको भन्दै अहिलेको संकटलाई क्रान्तिकारी दिशामा बदल्न सकिएन भने देश भयाङ्कर ठुलो प्रतिगमन तिर जाने खतरा रहेको बताए।

नेपालको अहिलेको आर्थिक संकटतर्फ संकेत गर्दै उनले विनोद चौधरीलाई श्रीलंकामा बैंक किन्न हुने तर नेपाल रास्ट्र बैंकलाई आर्थिक संकट हुने यो कसरी भयो?यसको राजनीतिक कारण र समाधानको दिशातिर विचार गर्न जरुरी रहेको उनको भनाइ थियो।

कार्यक्रममा मार्क्सवादी साहित्यकार तथा वरिष्ठ अधिवक्ता दिल साहनीले “स्मृतिमा वीरजङ्ग” कृति माथि टिप्पणी गर्दै-
वीरजङ्ग मैले धेरै उठबस गरेको मान्छे नभए पनि उहाँलाई म राम्ररी चिन्दछु, बुझ्दछु, उहाँ शरीर र हिम्मत दुवै हिसावले ठुलो व्यक्ति हुनुहुन्थ्यो। कृतिमा उहाँको जीवनी समेत समेटिएको भए अझ राम्रो हुन्थ्यो,उहाँ साहासी, निडर, प्रतिबद्ध , असल, सरल , मिलनसार, नम्र निस्ठावान, हुनुहुन्थ्यो भन्ने कुरा सबैले आफ्ना विचारहरुमा भन्नु भए झैं मलाई पनि त्यस्तै लाग्छ भन्दै वीरजङ्गले आफ्नो प्रतिबद्धता र उदेश्यबाट बिचलित भएनन् त्यसैले उनको जीवन सफल भएको मान्नुपर्ने बताए।

वीरजङ्गको जीवनका सवल र कमजोर पक्षबारे चर्चा गर्दै साहनीले उहाँ सिद्धान्तकै रचनाकार त होईन तर पार्टीको सिद्धान्त, नीति र योजनालाई दह्रोसङ्ग पकडेर लागु गर्न सक्ने, दृढ निश्चयी व्यक्ति अवश्य हुनुहुन्थ्यो ,यो ग्रन्थ किमार्थ वीरजङ्गको बारेमा लेखिएको होइन, यो त कम्युनिस्ट आन्दोलनको इतिहास हो।कम्युनिस्ट आन्दोलनको इतिहासमा लेखिएको महत्त्वपूर्ण सामग्री भएको टिप्पणी गरे।

कृति माथि टिप्पणी गर्ने क्रममा पुर्व सांसद तथा वरिष्ठ साहित्यकार एवम् कवि रामचन्द्र भट्टराईले कुनै जीवन यस्तो हुन्छ बलेर पनि निभिरहेको हुन्छ, कुनै जीवन यस्तो हुन्छ निभेर पनि बलिरहेको हुन्छ,कमरेड बीरजङ्ग निभेर पनि बलिरहनु भएको एक क्रान्तिकारी , बिद्रोही मध्ये एक हुनुहुन्थ्यो ।यो बेला कम्युनिस्टहरुको काचुली भिरेर हरिया सर्पहरु सल्बलाईरहेको स्थित छ।यस विरुद्ध निरन्तर लडिरहनु नै वीरजङ्गप्रतिको स्मरण हुने धारणा व्यक्त गरेका थिए।

त्यस्तै कार्यक्रममा टिप्पणीकर्ता , प्राध्यापक तथा साहित्यकार ऋषिराम भुसालका अनुसार मानिसहरुको मृत्यु दुई किसिमको हुन्छ । एउटा पहाड भन्दा गहिरो र अर्को चरोको प्वाँख भन्दा हलुङ्गो भनेर माओले भन्नु भएको थियो। उहाँको निधन पहाडभन्दा गर्हुङ्गो हुन गएको टिप्पणी गरे।

“देशका धेरै जस्ता नेताहरू स्वार्थ , शक्ति र काम वासनामा डुबिरहेको बेला व्यक्तिगत स्वार्थ भन्दा माथि रहेर क्रान्तिमा अहोरात्र खटिरहेको एक पात्र हो वीरजङ्ग,२०४६ यताका घटनाक्रम हेर्दा सत्ता र शक्ति भएको बेला पनि आफ्नो प्रतिबद्धता र उदेश्यमा विरैलै मान्छेहरू अडिएको देखिन्छ त्यसमध्ये उहाँ पनि एक हो,गाउँ समाजका लागि केहि गरौं भन्ने मान्छे पनि हो कमरेड वीरजङ्ग।उहाँबाट हामीले यी नै शिक्षा लिन सक्छौं ।

भन्दै उनले”यो स्मृति ग्रान्थ श्रद्धाञ्जली ग्रान्थ जस्तो लाग्यो,यसलाई ऐतिहासिक ग्रान्थको रूपमा बिकास गर्नेगरि सोच्नुपर्छ ।यसमा लेख्ने साथीहरू प्रायः उहाँकै बिचारसङ्ग सम्बद्ध व्यक्तिहरु नै हुनुहुन्छ ।कतिपय घटनाहरुको तिथि मिति एकिन र तथ्यपुर्ण बनाउन जरुरी छ।अब आउने दोस्रो संस्करणमा जीवनी सहित सामग्रीमा विविधता आउने अपेक्षा छ ।त्यसैले यसलाई समग्र वाम आन्दोलन कै साझा कृतिको रुपमा लिनुपर्छ ।”

अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष घनश्याम पाठकले योजना निर्माण र कार्यान्वयनमा दृढता, इमानदारीता र निस्ठा वीरजङ्गका बिशेषताहरु भएको चर्चा गर्दै वीरजङ्ग पार्टी , आन्दोलन र क्रान्तिमा अनुशासनपुर्वक जिम्मेवारीलाई पुरा गर्ने एकजना योद्धा भएको उल्लेख गरेका थिए।

नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य भेषराज भुसालले वीरजङ्गको निधन स्वभाविक वा क्रान्ति विरोधीहरुको षड्यन्त्र ?भन्ने सन्दर्भ कोट्याउदै वीरजङ्ग्को मुटुको अप्रेसन गरे लगत्तै तीन दिन भित्र नै अर्को अप्रेसन किन गरियो भन्ने एउटा अनुत्तरित प्रश्न रहेकोले यसबारे अनुसन्धान गर्न नेकपाले प्रक्रिया अगाडि बढाएको उनको धारणा रहेको थियो।

पुर्वी लुम्बिनी व्युरो इन्चार्ज प्रज्वलन सीको अध्यक्षतामा भएको परिचर्चा कार्यक्रममा नेकपा केन्द्रिय सदस्यहरु संगम सी, दर्शन सी, सल्लाहकार जीत बहादुर सी, वीरजङ्गकी जीवन सङ्गीनी राज कुमारी चन्द, प्रकाशन समिति सदस्यहरु प्रकाश सी, खुमा सी, प्रगतिशील पत्रकारका श्याम पोख्रेल,लेखक -साहित्यकार सुमिना अतिथि रहेका थिए भने नेकपा नवलपरासी इन्चार्ज कमल सीको स्वागत मन्तव्य र रुपन्देही  जिल्ला इन्चार्ज शरद सीले कार्यक्रमको सञ्चालन गरेका थिए।



प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।