१४ बैशाख २०८१, शुक्रबार

उदयपुरका चार कम्युनिस्ट पार्टीले शान्ति सम्झौता विरुद्धका गतिविधिको प्रतिरोध गर्ने

0

फागुन २७, उदयपुर ।चार कम्युनिस्ट पार्टीले शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने जुनसुकै गतिविधिको सशक्त प्रतिरोध गर्ने घाेषणा गरेकाे छन ।

शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उदयपुर जिल्ला समन्वय समिति संयोजक विनोद कटुवाल (दिवश), नेपाल कम्युनिष्ट उदयपुर जिल्ला ईन्चार्ज अमृत सी, नेपाल कम्युनिष्ट पार्टी (बहुमत) उदयपुर जिल्ला संयोजक गौरबहादुर देवकोटा (जटिल), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, उदयपुर जिल्ला सेक्रेटरी नवराज विश्वकर्माकाे हस्ताक्षरमा संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै चार कम्युनिस्ट पार्टीले यस्तो घाेषणा गरेका हुन ।

जारी विज्ञप्ति मार्फत शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउन आवश्यक कानुनी एवं संस्थागत व्यवस्थाका लागि तत्काल पहल गर्न संघीय सरकारकाे ध्यानाकर्षण गरिएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ, शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने जुनसुकै क्रियाकलापहरुको सशक्त प्रतिरोध गर्न हामी सबै एक ढिक्का हुने र विभिन्न समयमा राज्यसँग गरिएको सम्झौता र सहमतिहरुको अक्षरस कार्यन्वयन हुनुपर्छ भन्ने कुरामा पनि हामी विशेष अपिल गर्दछौं ।

विज्ञप्ति पूर्णपाठ


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।