१६ जेष्ठ २०८१, बुधबार

जनयुद्धको २८औं बर्ष प्रवेशबारे

0

२०५२ साल फागुन १ गतेबाट शुरु भएको जनयूद्धले २७ वर्ष पार गरेर २८ औं वर्ष प्रवेश गरेको छ । फर्केर हेर्दा जनयूद्धमा जन्मीएको बच्चा २८ वर्षको परिपक्व यूवा बन्ने अवधी पुगेको छ । यो अवधिमा धेरै सरकार आए–गए । कांग्रेसका देउवा सरकार हुँदा सुरु भएको जनयूद्ध आज दाहाल तेस्रो पटक सरकारको कुर्चीमा विराजमान छन् । तर नेपाली जनताको आधारभूत अवस्था जीउका त्यू यथावत छ । नेपाली जनताको निम्ती पञ्च, कांग्रेस, एमाले र माओवादी ज–जसको सरकार बनेपनि जुन जोगी आए पनि कानै चिरेको साबित भएको छ । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आयो । यो व्यवस्थाले जनतालाई दिएको राहत भन्दा हजारौं गुणा बढी सास्ती, थिचोमिचो, अन्याय–अत्याचार, शोषण–दमनको जातो मूनि पिसिन बाध्य भएको छ ।

राणा विरुद्ध २००७ साल, पन्चायत विरुद्ध २०२८ साल र २०५२ साल फागुन १ गते संसदीय व्यवस्था विरुद्ध नेपाली आमाका छोराछोरीहरूले शसस्त्र हतियार उठाएको दिन हो । यिनै शसस्त्र युद्धको बलमा ०३६, ०४६ र ०६२÷०६३ को जनआन्दोलन भयो । तर विडम्बना यि शसस्त्र या निशस्त्र जनयूद्ध वा जनआन्दोलनबाट प्राप्त उपलब्धी भनेको फुटाल पहाड निकाल चुहा (मुसा) बाहेक केही हुन सकेन । नेपालका नेताहरू सडक, विपक्षी वा सत्ता वाहिर हुँदा त्याग ,आदर्श र सिद्धान्तका कुरा गर्छन् । तिनै नेतृत्व जव सत्ता, सरकारको कुर्चीमा वा लाभको पदमा पुग्दछन् अत्यन्तै स्वार्थ, पतित र नालायक कूकर्म गर्दै हिँड्दछन् ।

उनिहरू मूल्य, मान्यता, सिद्धान्त र आदर्शले मूखमा माड लाग्दैन भन्न थाल्छन् । वर्तमान नेपाली राजनीति यस्तै नेरोघेरोमा रिङिरहेको छ । के राजनिति फोहोरी खेल नै हो ? के जनयूद्ध यस्तै गर्न सन्चालन गरिएको थियो त ? नेपाली समाजमा तमाम प्रश्नै प्रश्न उब्जीएका छन् । हो संसदीय व्यवस्था फोहोरी खेल नै हो । तर जनयूद्ध संसदवादको विरुद्ध नेपाली श्रमिक जनताको विद्रोह थियो । विडम्बना आज जनयूद्धको मूल नेतृत्व नै संसदवादमा उम्कनै नसक्ने गरी डुवेको छ । जनयूद्धको मूल स्प्रीट संसदवाद थिएन । जनयूद्धको मूल स्प्रीट नयाँ जनवादी क्रान्ती हुँदै समाजवादी यात्रामा हिड्नु थियो । वर्तमान् काइते, लोकतन्त्रको महिमागानमा नाङ्गीने थिएन ।

राजतन्त्र जनयूद्धको बलमा फालिएको हो । नेपाली जनताको चाहाना त राजतन्त्र ०३६ वा ०४६ साल मै फाल्न चाहन्थे । तर तत्कालीन नेतृत्वको संझौता प्रस्त नीतिका कारण जनभावनामा तुषरापात हुँदै आयो । वंशको आधारमा राजाको छोरा राजा हुने व्यवस्था भन्दा गणतन्त्र नीतिगत रूपमा प्रगतिशिल व्यवस्था हो । तर व्यवहारमा यो गणतन्त्रले जनयूद्धको मर्मको एक अंश पनि बोकेको छैन ।

यो गणतन्त्र त विचौलिया, दलाल पूजीवादको टेकेसो मात्र वन्न पुगेको छ । स्मरण रहोस जनयूद्धको थालनी नहुँदै कांग्रेसी सरकार कम्यूनिष्ट सिध्याउने रणनीतिमा तिव्र लागिरहेको थियो । देशभर दर्जनौ कम्युनिष्ट नेता कार्यकर्तालाई झुट्टा मुद्दामा जेल नेलमा फसाउने कार्य तीव्र रूपमा बढाइरहेको थियो । रोल्पा, रुकुममा रोमियो अप्रेशन सञ्चालन गरेर प्रहरी दमनमा उत्रिएको थियो । धनुषाको वर्मझियामा शिक्षक रामवृक्ष यादवलाई कांग्रेसी गुण्डाहरूले हत्या नै गरेका थिए ।

२०५२ माघ २१ गते संयूक्त जनमोर्चाको नामबाट सरकारलाई पेश गरेको राष्ट्रीयता, जनतन्त्र र जनजीविका सम्बन्धी ४१ बुँदे मागपत्र बुझाउने कार्य तथा सय दिनको अल्टीमेटम दिइएको थियो । उक्त मागपत्र देउवा सरकारले रद्धीको टोकरीमा फालिदियो र उसले टेर पुच्छर लाएन । कुनै सुनुवाई भएन । तत्पश्चात माओवादी पार्टी गुणात्मक रूपमा दिर्घकालीन जनयूद्धको बाटोमा अगाडी बढेको थियो ।

२०५२ साल फागुन १ गते “प्रतिक्रियावादी राज्यसत्तालाई ध्वसं गरौ, नयाँ जनवादी व्यवस्था स्थापनार्थ जनयूद्धको बाटोमा अघि बढौँ ।” भन्ने मूल नाराको पोष्टर, पर्चा, भित्तेलेखन देशभर व्यापक बनाइयो । सोही दिन रोल्पा जिल्लाको होलेरी प्रहरी चौकि, रुकुमको राडी प्रहरी चौकि र सिन्धुलिको सिन्धूलीगडी प्रहरी चौकि माथि शसस्त्र धावा वोलियो । गोर्खा च्याङलीको कृषि विकाश वैंक, काभ्रेका सुदखोर दौलत विक्रम विष्टको तम्सुक कब्जा गर्न सफल भयो । यो योजनामा देशभर ६५०० (पैसठ्ठी सय) गतिविधी सम्पन्न भयो ।

पहिलो योजनामा मानविय क्षति नहोस भन्नका लागि पार्टीले उच्च सतर्कता अपनाएको थिया । जनयूद्ध थालनी देखि नै जनतामा दिन दुई गुना रात चौगुना झ्याङ्गीदै अगाडी बढ्यो ।

जनयूद्धले १० वर्षको अवधिमा नेपालको ८० प्रतिशत भूभागमा आफ्नो बर्चश्व राख्न सफल भयो । सामान्य भरुवा वन्दुक, वारवोर, एकमात्र थ्रि नट थ्रि राइफलबाट जनयूद्ध सुरुवात गरिएको थियो । जनसेना निर्माणको प्रकृया कुरुवा सेना (मिलिसिया) स्क्वायड (squad) हुँदै पलाटुन, कम्पनी, वटालियन, विग्रेड हुँदै सात डिभिजनमा (फर्मेसन) सुसंगठीत गरियो । उक्त जनमूक्ति सेनाले ४५०० (पैतालिस सय) भन्दा बढी अत्याधूनिक हात हतियार कब्जा गर्न सफल भयो । जसमा सटगन, म्याग्नम थ्रि नट थ्रि, SLR ,SMG ईन्सास, गलिल, स्नाइपर, माउजर पेस्तोल, लन्चर, रकेट लन्चर, ग्रिनेट, तोप, माइन देखि लामो दुरीकाLMG, GPMG / 81mm मोर्टार आदि जस्ता हतियारले जनमुक्ति सेना सुसज्जीत भएको थियो ।

यहि वलमा जनमूक्ति सेनाले १० वर्ष भित्र प्रहरी चौकि ७६ वटा, इ.प्र.का. ३० वटा वडा प्र.का. २ वटा जिल्ला÷ अञ्चल सदरमुकाम ८ वटा एम्बुस १०८ वटा, भिडन्त ४६ वटा आक्रमण १८ वटा कमाण्डो ४८ वटा भन्दा बढी जित हासिल गर्न सफल भयो ।

भिषण दोहोरो लडाइले राज्यको उपस्थिति सदरमूकाम र व्यारेक वरपर सिमित हुन पुग्यो । जसका कारण ग्रामिण भेगको विशाल भूभाग खालि हुन पुग्यो । पार्टीले आफ्नो मातहतमा जनसत्ता निर्माण गर्दै न्याय, निसाफ घर–जग्गा विक्रि वितरणसम्म जनताको अप्ठ्यारोमा सहजीकरण गर्यो । जसबाट जनसत्ताको भ्रुण विकसित भयो ।

जनसत्ता विस्तार वा.ज.स., गा.ज.स. हुँदै जिल्ला जनसरकार, स्वायक्त प्रदेश र केन्द्रीय जनपरिषद् गठनसम्म फैलियो । जसको परिणाम स्वरुप आधार क्षेत्र निर्माण गर्दै आधार क्षेत्रमा मोडेल स्कूल, मोडेल हस्पीटल, जन कम्यून (सयौ घरको सम्पत्ती कम्यूनमा मिसाइयो) गठन भयो । सहकारी, कृषि उत्पादन देखि ड्राइफुड उत्पादन गर्ने साना उद्योग सञ्चालनमा जोड गरियो । आफ्नै आन्तरिक सञ्चार सेट, वाकिटकी÷ करलेक्स देखि जनादेश, महिमा, जनआह्वान जस्ता आधा दर्जन साप्ताहीक तथा पार्टी मूखपत्र “माओवादी” “जनसेना” नियमित प्रकाशित हुन्थ्यो । आफ्नैFM रेडियोहरू सञ्चालनमा थिए ।

हजारौं हजार नेता कार्यकर्ताहरू गाउँ देखि शहर सम्म जनताको विचमा माछा र पानीको सम्बन्धमा चलायमान थिए । सम्पूर्ण पार्टी त्याग, तपस्या र वलिदानको उच्च संस्कृतीले सु–सज्जीत थियो । पार्टी भित्र जातपातत, छुवाछुतको अन्त्य भैसकेको थियो । विचारको आधारमा एकनिष्ट प्रेम र जनवादी विवाह हुन्थ्यो । धनि–गरीब, उच–निचको पार्टीमा कुनै गुन्जायस थिएन ।

पूर्वको कुनै कमरेडलाई दमन हुँदा, पश्चीममा भएको कमरेडको रगत उम्लन्थ्यो । पार्टी र नेतृत्वप्रति वलिदानी भावका साथ समर्पण थियो । आफ्नो वलिदानले राष्ट्रको रक्षा र जनताको मूक्ति हुन्छ भने वलिदान सहजै स्वीकार्य हुन्थ्यो । सिङ्गगो पार्टी पङ्क्ती खुकुरीको धारमा पाइला चाल्न तयार थियो । सम्पूर्ण नेता, कार्यकर्ता टाउकोमा कात्रो बेरेर उच्च मनोवलका साथ वर्गदुश्मनप्रति जाइलाग्न र पार्टी योजना पुरा गर्न तछाड मछाड नै हुन्थ्ये ।

मोर्चामा लड्दै गर्दा घाइते कमरेडहरूलाई तानेर पछाडी उपचारमा पठाउँदा पूनः मोर्चामा अगाडी आएर लड्थे । लड्दा लड्दै वीरतापूण शहादत प्राप्त गर्दा, गरेका रुकुम जिल्ला चुनवाङका शहिद सकुन्तका वावा–आमाले आफ्नो कोखबाट जन्मीएको छोरा शहीद भएकोमा गर्व गर्थे । जुन आमा–बुवाको कुरा सुन्दा हाम्रो आङ जिरिङ जिरिङ गर्थ्यो । घाइते कमरेडले आफ्नो खुट्टा गुमाएर आफ्नो कर्तव्य पुरा गरेर क्रान्तीमा ईट्टा थप्न पाएकोमा गर्वीलो महसुस गर्थे ।

लडाइमा दुईवटै आँखा गुमाउँदा घाइतेलाई सहयोग गर्दा प्रेम गरेर विवाह गर्ने सल्यानका जोडी अनि दाङ घोराही व्यारेक आक्रमण गर्दा गर्दै शहीद हुने रुकुम जिल्लाका जोडी सपना र वियोग हाम्रो प्रेरणाका श्रोत हुन्थे । जेलमा धैर्यतापूर्वक १२ (वाह्र वर्ष) वर्ष रहने रोल्पाका कमरेड, या जेलका पर्खाल फोडेर मोर्चा समाल्न आइपुग्ने योद्धाहरूप्रति उत्तीकै सम्मान हुन्थ्यो । वेपता योद्धाका परिवारजनहरू पार्टी क्रान्तिको निम्ती आवश्यक पर्दा आफु वेपत्ता हुन तयार भएको विषय कृतिम नभई अन्तर मर्मबाट यथार्थ पढाइरहेको महसुस हुन्थ्यो ।

यूरोपबाट आधार क्षेत्र भ्रमणमा आउने भाइचारा कमरेडहरू रोल्पा जिल्लाको टिला इलाकामा जनसेना र जनतासंग बाटो खन्दै हातमा ठेला परेको देखाउँदै, जनयूद्धमा पसिना बगाउन पाएकोमा आनन्द महसुस गर्थे । यो खुसी यूरोपका कमरेडलाई साटासाट गर्ने वाचा गर्थे । यी र यस्ता कालजयी वीरताका गाथा जनयूद्धको समयमा दिन–दिनै उस्तै परे घण्टा घण्टामा देख्न, सुन्न र ब्योहोर्न पाइन्थ्यो किनकि शान्तीका हजार दिनहरु यूद्धका एकदिनमा संकेन्द्रत हुन पुग्दथ्यो ।

महान जनयूद्धमा हरेक नेता, कार्यकर्ताहरू ‘संघर्षको सुख नै सर्वाेत्तम सुख’ भन्ने मेक्सीम गोर्कीको भनाई र ‘म हारेर घर फर्कने छैन बरु मलाई मृत्यू नै स्वीकार्य छ’ भन्ने चे–ग्वाभाराको आदर्श पदचापलाई पछाईरहे जस्तो लाग्दथ्यो ।

जनयुद्धका १० वर्षमा नेपाली आमाका सर्वाेत्तम छोरा छोरीले अदम्य साहसका साथ सामन्ती राजतन्त्रात्मक संसदीय व्यवस्थाको विरुद्ध क्रान्तिको वलिवेदीमा होमिनु सामान्य कार्य होइन । जनयुद्ध महान तथा गौरवपूर्ण असाधारण कार्य थियो । तत्कालीन व्यवस्थाका मतियारहरूले सामन्ती राज्यव्यव्स्थाका सम्पूर्ण शक्ति र संयन्त्र परिचालन गरेर आफ्नो लुटको स्वर्ग टिकाउन अन्तिम अस्त्रको रूपमा चरम हत्या, हिंसा र दमनको सहारा लियो ।

राज्य आतंकद्वारा तत्कालिन माओवादी पार्टीका नेता, कार्यकर्ता र सर्वसाधारण जनता सहित ८,५०० (आठ हजार पाँच सय) जनाको हत्या गर्न पुग्यो । सुरक्षाकर्मीद्वारा नेपाली नागरिक ३,५०० (पैतिस सय) जनालाई अझै वेपत्ता पारिएको छ । जेननेल, हिरासत अंङ्गभङ्ग कुटपिट र घाइते अपाङ्ग त लाखको हाराहारीमा पुगेको छ । यि सारा कालरात्री पार गरेर जनयूद्ध विजय उन्मूख भईरहेको थियो । तर तत्कालिन नेतृत्व प्रचण्ड र वावुरामहरूले कथित लोकतान्त्रीक गणतन्त्रसँग सौदावाजी गरेर जनयूद्धको विसर्जन गर्न पुगे ।

जनयूद्धको विसर्जन गर्दै संसदवादको गुलियो चास्नीमा डुबुल्की मारेको तत्वसँग सम्बन्ध विच्छेद गर्दै, नेकपाको पूनर्गठन भयो । पुनर्गठीत नेकपाले जनयूद्धको अधूरो सपना पुरा गर्ने अठोटका साथ आफ्नो स्थापनाकाल देखि नै जटिल अन्तरसंघर्ष र निर्मम वर्ग संघर्षको भूमरी छिचोल्दै आफुलाई अब्बल कम्युनिस्ट पार्टी निर्माण गर्न प्रयासरत छ ।

जनयूद्धमा सर्वहारा वर्गले पाएको धोकाधडी र पछिल्लो भूमण्डलीकृत पूँजीवादका विशेषतालाई अध्ययन गर्दै नेकपाले ‘एकीकृत जनक्रान्ती’ मार्फत वैज्ञानिक समाजवाद प्राप्तीको सुस्पष्ट लक्ष्य तय गरेको छ । यो नै नेपाली समाजको एक विकल्प हो । यही विकल्प प्राप्तीको मार्गमा सम्पूर्ण नेपाली जनता लागौँ । महान लक्ष प्राप्ती सम्भव छ ।
धन्यवाद !


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।