१६ चैत्र २०८०, शुक्रबार

मध्यपश्चिम विश्वबिधालयले स्ववियु चुनाव स्थगित गर्नु गैरजिम्मेवार : अखिल(क्रान्तिकारी)

0

३ चैत्र , काठमाडौं/ अखिल नेपाल रास्ट्रीय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले मध्यपश्चिम विश्वविद्यालयले स्ववियु चुनावको १ दिन अघि चुनाव स्थगित गर्नु गैरजिम्मेवार भएको भन्दै तत्काल चुनाव गराउन माग गरेकोको छ । आज अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश सीद्वारा एक प्रेसविज्ञप्ती जारी गर्दै अखिल क्रान्तिकारीले यस्तो बताएको हो।

बिज्ञप्तीमा उनले भनेका छन “चैत्र ३ का लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन एक दिन अगाडी मात्र गैह्रजिम्मेवार पुर्ण तरिकाले स्थगन गर्ने कार्यकारी परिषदको निणयप्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ।

विद्यार्थीका हकहित र अधिकार स्थापित गर्ने स्ववियु जस्तो संस्थाको निर्वाचन वर्षौ सम्म नगर्ने र विश्वविद्यालयलाई दलाल राजनीतिको खेलमैदान बनाउने हर्कतको हामी भ्रर्त्सना गर्दछौँ ।”

क्रान्तिकारीले -विद्यार्थीका जायज मागहरु तत्काल पुरा गर्न र स्थगित स्ववियुको निर्वाचनको मिति तत्काल तोक्न विश्वविद्यालयसङ्ग माग समेत गरेको छ ।
बिज्ञप्तीको पुर्णपाठ:


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।