२५ बैशाख २०८१, मंगलवार

नेकपा नेता भरत सीद्वारा नख्खु जेलका आस्थाका बन्दीसँग भेटघाट

1

ललितपुर / नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा स्कुल बिभाग इन्चार्ज भरत सीले नख्खु जेलका आस्थाका बन्दीहरुसङ्ग भेटघाट गरेका छन।जेलमा रहेका कैदी बन्दीहरूको स्वास्थ स्थित बुझ्न,उनिहरुको सुझाव लिन र समसामयिक विषयमा कुराकानी गर्ने उदेश्यले स्थायी समिति सदस्य भरत सीले भेटघाट गरेका हुन।

नेपाल कम्युनिस्ट पार्टीलाई तत्कालीन ओली सरकारले प्रतिबन्ध लगाएको बेला गिरफ्तार गरिकामध्ये अझै विभिन्न मुद्दामा ४१ जना नेकपा सम्बद्ध नेताकार्यकर्ताहरु जेल र हिरासतमा रहेका छन भने सरकारसंग भएको तीन बुदे सहमति अनुसार नेकपा माथिको प्रतिबन्ध सरकारले फिर्ता लिएपनि बन्दीहरुको रिहाई र मुद्दाहरू खारेज गर्ने सहमति कार्यान्वयन हुनसकेको छैन।

शुक्रबार भएको भेटघाटमा नख्खु जेलमा रहेका सुर्य भुजेल , टेकेन्द्र राइ, इन्दल शाह,रामकृष्ण खतिवडा ,दिल बहादुर कठाएत, दोर्जे शेर्पा, दिल्तोष सिलवाल र रानुराज वज्राचार्य गरि ८ जना राजनीतिक आस्थाका कैदीबन्दीसङ्ग भेटघाट गरिएको नेकपा ललितपुर सेक्रेटरी बिकास महर्जनले जानकारी दिएका छन।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 प्रतिक्रिया “नेकपा नेता भरत सीद्वारा नख्खु जेलका आस्थाका बन्दीसँग भेटघाट

  1. तू रिहाई गर 3 बुँदे सहमति कार्यान्वयन गर दलाल सरकार

Leave a Reply to Bikesh Maharjan Cancel reply

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।