१६ चैत्र २०८०, शुक्रबार

जनतासँग जाेडिएकाे कम्युनिस्ट पार्टी निर्माण जरुरी : संगम सी

0

५ चैत्र,बाँके /नेपाल कम्युनिस्ट पार्टीका केन्दिय सदस्य तथा दक्षिण कर्णाली ब्युराे इन्चार्ज संगम सीले जनतासंग जाेडिएकाे पार्टी निर्माण गर्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन । नेपाल कम्युनिस्ट पार्टी बाँकेकाे पाँचाै पूर्ण बैठकलाई शनिबार सम्बाेधन गर्दै यस्ताे कुरा बताएका हुन ।

नेता संगमले जनताकाे साथ र सहयाेग विना दलाल संसदीय ब्यवस्थाकाे अन्त्य नहुने बताउदै जनतासंग गहिराे सम्बन्ध विस्तार गरेर जनसंगठनकाे निर्माण गर्न अपिल गरे ।
बैठकमा नेकपा केन्दिय सदस्य तथा बाँके जिल्ला ईन्चार्ज रणदिपले जनसंगठन निर्माण गर्न जिल्लामा विशेष अभियान संचालन गरिने बताए । उनले अभियान चैत्र १६ गते देखि संचालन हुने वताए ।

सामाजिक विकृति र विसंगति विरुद्ध संघर्ष गराै, जनसंगठन निर्माणका लागि जनसम्वन्ध विस्तार गराै भन्ने मुल नाराकासाथ अभियान संचालन हुने छ ।

वैठकले अभियान अघि जनवर्गिय संगठनका जिल्ला भेला तथा बैठकहरू गर्ने पनि निर्णय गरेकाे छ । बैठकले चैत्र १५ गते हुने अखिल नेपाल महिला संघ करान्तिकारीकाे जिल्ला भेलाकाे व्यापक तयारी गर्ने समेत निर्णय गरेकाे छ भने बैठककाे अध्यक्षता जिल्ला सेक्रेटरी कल्पनाले गरेकी थिईन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।