७ बैशाख २०८१, शुक्रबार

चैत ७ गते बिरेन्द्रनगरको सिटिहलमा निशुल्क साङ्गितिक कार्यक्रम हुँदै

जीवन शर्मा सहितका जनकलाकारहरुको सहभागिता रहने

0

चैत्र ६ गते बिरेन्द्रनगर / जनगायक जीवन शर्मा सहितका बरिस्ठ जनकलाकारहरुले भोलि चैत्र ७ गते बिरेन्द्रानगरको सिटि हलमा जनसाङ्गितिक कार्यक्रम गर्ने भएका छन । कार्यक्रम निसुल्क रहने आयोजकहरुले बताएका छन ।

“सङ्गीत अभियात्रा “को आयोजनामा हुन गैरहेको उक्त कार्यक्रममा बरिस्ठ प्रगतिशील गितकार , सङ्गितकार एवं गायकहरु मणि थापा उदय श्रेष्ठ , चिरन सी, कुस्मिता दर्लामी निलिमा पुन, कर्ण बिद्रोही , मोहित श्रेष्ठ र लक्ष्मी रिजाल उदयको समेत साङ्गितिक प्रस्तुति रहने बताइएको छ ।

कार्यक्रममा उदयिमान जनगायक लक्षमण पाख्रिन , नवजनगायिका अनु शर्माको गित , जनकलाकार हिमशिखरको डेउडा गित , जनकलाकारहरु कुष्मा मगर र कबिता पुनको नृत्य र जनकलाकार नारायण शर्माको अभिनय समेत प्रस्तुतिका रुपमा रहने आयोजकहरुले जानकारी दिएका छन ।

” राष्ट्रका लागि सङ्गीत अभियात्रा “को तर्फ बाट आज बिरेन्द्रनगरको शनिहल लाइन स्थित होटल रारा भिजिटको
सभाहलमा पत्रकार सम्मेलन गर्दै उक्त कुराको जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा बोल्दै बरिस्ठ प्रगतिशील गितकार तथा सङ्गितकार मणि थापाले आफुहरु सास्कृतिक अभियान मार्फत सिङ्गो देशलाइ एक ठाउमा ल्याउन लागिपरिरहेको बताए ।

राजनैतिक पार्टिहरु आफ्नो आदर्श बाट च्युत भैरहेको बताउदै सर्जक थापाले लेखक कलाकारहरु अहिलेको अवस्था देखि सन्तुष्ट नभएको दाबी गरे । आफुहरुको अभियान कुनै पार्टी र नेताका बिरुद्ध नरहेको भन्दै थापाले जनगितसङ्गितको सरक्षण ,बिकास र समाज रुपान्त्रणका लागि आफुहरुले ” राष्ट्रका लागि सङ्गीत अभियात्रा ” संचालन गरेको स्पस्ट पारे ।

जनबादी गितकार , सङ्गितकार तथा गायक चिरन सिको सन्चालनमा अघि बढेको सो पत्रकार सम्मेलनमा सङ्गीत अभियात्राका अभियान यात्रीहरु उदय श्रेष्ठ , कर्ण बिद्रोही , नारायण शर्मा , कुस्मिता दर्लामी , उदय रिजाल , मोहित श्रेष्ठ ,लक्षमण पाख्रिन ,सन्ध्या मगर , कबिता पुन र, हिमसिखर समेतको आतिथ्यता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।