१३ बैशाख २०८१, बिहीबार

आगलागी पीडित केसीलाई नेकपा कपिलवस्तुद्वारा आर्थिक सहयोग

0

कपिलवस्तु / नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति पश्चिम कपिलवस्तुले पसलमा आगलागी हुँदा पीडित भएका गणेश केसीलाई आर्थिक सहयोग गरेको छ।जिल्लाको शिवराज नगरपालिका वडा न९ भगवानपुरमा गत फागुन २७ गते भएको आगलागीका कारण केसीको पसलको भौतिक संरचना सहित पसलमा भएको नगद लगाएत धनमाल नष्ट हुन गएको थियो।

खाना पकाउने दुईवटा ग्यास पड्किएर उनको पसल आगलागी हुन गएको थियो।

सोमबार नेपाल कम्युनिस्ट पार्टी पश्चिम कपिलवस्तु इन्चार्ज हेमन्त सी र सेक्रेटरी पावेलको उपस्थितमा पीडित केसीलाई नगद रु १५ हजार आर्थिक सहयोग हस्तान्तरण गरेको हो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।