१६ चैत्र २०८०, शुक्रबार

वैज्ञानिक समाजवाद ल्याउन युवाहरुको अग्रणी भूमिका हुन्छ : शिलु

0

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीकी स्थायी समिति सदस्य शिलु सीले वैज्ञानिक समाजवाद ल्याउन युवाहरुको आग्रणी भूमिका हुने बताएकी छन् । युवा संगठन नेपाल मध्य कमाण्ड स्तरीय प्रथम विस्तारित बैठकमा प्रशिक्षण मन्तव्य राख्दै नेतृ शिलुले यस्तो बताएकी हुन् ।

संगठनकी फ्याक्सन इन्चार्ज समेत रहेकी शिलुले वैज्ञानिक समाजवाद ल्याउन युवाहरुले अग्रणी भूमिका खेल्नु पर्नेमा जिगिर गरिन् । ‘युवा भनेको आक्रमक जोस् जाँगर भएको शक्ति हो । युवाबाट दलाल, भ्रष्टाचारी डराउनु पर्छ । जनता युवाबाट आशावादी हुनुपर्छ ।’ उनले भनिन् ।

संगठनका केन्द्रीय अध्यक्ष तथा नेकपा केन्द्रीय सदस्य पाटन जंगलीले ७४ औं पार्टी दिवस व्यापक रूपमा मनाउने बताए । त्यसका लागि सबैलाई तयारीमा जुट्ने निर्देशन दिए । वैदेशिक रोजगारीको क्रममा समस्यामा परेका युवाहरूलाई उद्धार कार्यमा लाग्न र निराश भन्दा पनि उत्पादन क्षेत्रमा लाग्न सबै युवालाई निर्देशन दिए ।

बैठककाे अध्यक्षता तथा सञ्चालन संगठनका महासचिव तथा मध्य कमाण्ड इन्चार्ज तिलक सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।