१५ चैत्र २०८०, बिहीबार

सामाजिक संस्कार परिवर्तन गर्न चेतनाको विकास गर्नुपर्छ : बन्दु सी

0

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीकी पालिट ब्युराे सदस्य बन्दु सीले समाजको संस्कार परिवर्तन गर्न मानसिक चेतनाको विकास गर्नु पर्ने बताएकी छन् ।
मंगलबार संयुक्त राजनीतिक दलित संघर्ष समितिले आयोजना गरेको ५८ औं जातिभेद उन्मुलन दिवसको सन्दर्भमा आयाेजित ‘जातमा आधारित विभेद उन्मुलनको प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रममा बाेल्दै यस्ताे बताएकी हुन् ।

श्रमको आधारमा विभाजित गरिएको समाजलाई शासकले जात प्रथाको रूपमा विकास गरी अछुतको रुपमा लादेको उनकाे भनाई थियो । याे अहिले समाजको ठूलो समस्याको रूपमा देखा परेको नेतृ सीकाे जिकिर थियो ।

‘दलितलाई सधै दलन गर्ने होइन रुपान्तरण गर्न आवश्यक भएको छ ।’, उनले भनिन्, ‘हिजो विभिन्न जात विभाजन गरेर तल्लो एवं अछुत बनाउन मिल्ने, नयाँ जाति निर्माण गर्न किन नहुने ? जातीय आन्दोलनको मुक्ति वर्गीय आन्दोलनबाट मात्र सम्भव छ ।’

दलाल संसदीय व्यवस्थाबाट जातीय समस्याको समाधान नहुने र यसको लागि व्यवस्था नै परिवर्तन गर्न जरुरी भएको उनको भनाई थियो । ‘श्रमजीवी वर्गको मुक्ति र समतामूलक समाज निर्माणको लागि वैज्ञानिक समाजवाद स्थापना गर्न आवश्यक रहेको छ ।’, उनले भनिन्, ‘यसको लागि हाम्रो पार्टी सबैसँग हातेमालो गर्न तयार छ।’

कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल (आहुति), नेकपा बहुमतका केन्द्रीय सदस्य सरद रसाइली, नेकपा (क्रान्तिकारी माओवादी) का नेता राम श्रीसकाे उपस्थिति रहेकाे थियो । कार्यक्रम अमर परियारकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।