८ बैशाख २०८१, शनिबार

ललितपुरमा जनतासँग नेकपाको हातेमालो अभियान सुरु

0

काठमाडौं: जनतासँग नेपाल कम्युनिस्ट पार्टीको हातेमालो अभियान ललितपुर महानगरपालिकामा सञ्चालन गरिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी ललितपुर जिल्लाद्वारा बुधबारदेखि संचालित “जनतासँग नेकपाको हातेमालो अभियान “दुई महिनासम्म चलाइने बताइएको छ ।
उक्त अभियान विश्व सम्पदा सूचीमा रहेको पर्यटकीय नगरी पाटन दरबार क्षेत्र, मंगलबजारबाट सुरू गरिएको छ ।
अभियानको पहिलो दिन पाटन दरबार क्षेत्रमा लामो समयदेखि विभिन्न देशबाट आएका पर्यटकलाई यहाँको ऐतिहासिक  पुरातात्विक सम्पदाको इतिहास, महत्व  तथा हस्तकलालाई कर्मथलो बनाई प्रत्यक्ष पर्यटकसँग  सेवामुलक व्यवसायलाई कर्मथलो बनाएका टुरिस्ट गाइड, टुरिस्ट सामानका सामान्य व्यापारीहरुसँग छलफल गरेको छ ।

अभियान अन्तर्गत ‘नेकपाको नेतुत्वमा आम समस्याको समाधान’ नाराका साथ स्थानीय राजुको संयोजकत्वमा सात सदस्यीय रहने गरि मंगलबजार पर्यटक खुद्रा व्यापार समिति निर्माण गरिएको छ ।
कार्यक्रममा नेकपा महानगर सेक्रेटरी विकास सीले यस जिल्ला कम्युनिस्ट लालकिल्ला भएको गौरवमय इतिहास बोकेकाले सबै महनगरबसी एकै ठाउँमा सङ्गठित भएर काम गर्न आग्रह गरेका छन् । साथै पार्टीका जिल्ला इन्चार्ज विपिन सीले वैज्ञानिक समाजवादको स्थापना गर्न सम्पूर्ण देशप्रेमी महनगरबासीलाई सङ्गठित भई संघर्ष गर्न आग्रह गरेका छन् । कार्यक्रममा बज्र सीले नवनिर्मित निर्माण समितिलाई शुभकामना तथा धन्यवाद दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।