१४ बैशाख २०८१, शुक्रबार

समाजवादी राज्यव्यवस्था स्थापना गर्ने जिम्मा युवाहरुकाे काँधमा आएकाे छ : विकल्प

0

काभ्रे: युवा संगठन नेपाल काभ्रे जिल्ला संगठनकाे प्रथम जिल्ला भेला राजेन्द्रकाे नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति निर्वाचित गर्दै सम्पन्न भएकाे छ ।
भेलामा सम्बाेधन गर्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं ब्युराे इन्चार्ज विकल्पले समाजवादी राज्य व्यवस्था स्थापना गर्ने जिम्मा युवाहरुकाे काँधमा आएकाे बताए । युवाहरु निराश नभएर दलाल पूजीवाद विरुद्ध सशक्त भएर पार्टीको याेजनामा अग्रभागमा रहेर भूमिका पूरा गर्न अपिल गरे । समाजमा भएका विकृति, विसंगति, अन्याय, अत्याचार, भ्रष्टाचार, लागु औषधका विरुद्ध आवाज उठाउनु पर्ने, दलाल सत्ताले छरेकाे भ्रम, निराशालाई आशामा बदल्न पनि अपिल गरे । इतिहासले दिएकाे युगिन कार्यभार अब युवाहरुकाे कांधमा आएकाले अनुशासित र इमान्दारिपूर्वक भई क्रान्तिमा लाग्नु पर्ने र याे दलाल पुजीवादी सत्तालाई ध्वस्त पारि वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न युवाहरुले एकीकृत जनक्रान्तिमा महत्त्वपूर्ण कार्यभार पूरा गर्नु पर्ने बताए ।
भेलामा अतिथिहरु पार्टी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज विन्दु, युवा संगठन नेपालका केन्द्रीय महासचिव एवं मध्य कमाण्ड इन्चार्ज तिलक, केन्द्रीय प्रतिनिधि सदस्य एवं पूर्वी ताम्सालिङ ब्युराे जवस फ्याक्सन इन्चार्ज युगिन, युवा संगठन नेपालका केन्द्रीय सदस्य एवं व्युराे इन्चार्ज शंकर, अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य एवं व्युराे इन्चार्ज दयाराम लगायतकाे उपस्थिति थियाे ।
भेलाकाे अध्यक्षता युनिकले गरेका थिए भने कार्यक्रमकाे सञ्चालन परिभाषाले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।