७ बैशाख २०८१, शुक्रबार

बचतकर्ताको निक्षेप फिर्ता गर्न नेकपा ललितपुरको चेतावनी 

0

ललितपुर: नेपाल कम्युनिस्ट पार्टी ललितपुरले बैंक तथा सहकारी, लघुवित्तीय, मिटर व्याजीहरुको ज्यादतीका विरुद्ध भण्डाफोर तथा खबरदारी कार्यक्रम सम्पन्न गरेका छ । 

ललितपुर जिल्लाभरी रहेका सहकारी लघुवित्तका माध्यमबाट सबैभन्दा बदनामी रुपमा जनतालाई सास्ति दिने लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको केन्द्रीय कार्यालय ललितपुरको पुल्चोक कार्यलयमा  खबरदारी र चेतावनी स्वरुप भण्डाफोर सभा गरेको छ । खबरदारी तथा भण्डाफोर सभालाई  ललितपुर महानगर समितिका सेक्रेटरी बज्र सीले संचालन गरेको कार्यक्रममा “लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले गरेका कमजोरीहरु सार्वजनिक गरेको छ । सहकारीले गरेका काला कर्तुत कार्यक्रममा वाचन गरेर महालक्ष्मी नगरका सेक्रेटरी अमित सीले पढेर  सुनाएका थिए ।

भण्डाफोर तथा खबरदारी सभामा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज विपिनले सम्बोधन गर्दै लालिगुराँस बहुउद्देश्यीय सहकारीले गरेको कमजोरी दुई  महिनाभित्र पिडितजनतासँग सार्वजनिक रुपमा  माफी माग्दै आफ्ना कमजोरी नसच्याउने हो भने जनताको व्यापक उपस्थितिमा जनाकार्वाही गर्ने चेतावनी  दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।