१३ बैशाख २०८१, बिहीबार

११ दिनको पैदलयात्रा पछि मिटरब्याज पीडितहरुद्वारा राजधानीमा प्रदर्शन

0

काठमाडौँ — मिटरब्याजबाट पीडित आन्दोलनकारीहरूले सोमबार काठमाडौंको खुलामञ्च अगाडि प्रदर्शन गरिरहेका छन् । प्रहरीले खुलामञ्चमा प्रवेश गर्न नदिएपछि सयौंको संख्यामा रहेका उनीहरूले खुलामञ्चको गेटमै नाराबाजी गरिरहेका छन् ।

उनिहरूले ‘मिटरब्याजीलाई कारबाही गर’, ‘सहुलियत दरमा ऋणको व्यवस्था गर’, ‘तमसुक व्यवस्था खारेज गर’, ‘मिटरब्याजविरुद्ध कानुन निर्माण गर’ लगायतका नारा लगाएका छन् ।

यसअघिका आन्दोलनमा सरकारले आफूसँग गरेका सम्झौता पालना नगरेको भन्दै प्रधानमन्त्री समक्ष आफ्ना माग फेरि सुनाउन भन्दै उनीहरू बर्दिबासदेखि ११ दिनको पैदल यात्रा गरेर काठमाडौं आएका हुन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।