१३ बैशाख २०८१, बिहीबार

विप्लवले पाए अधुरो क्रान्ति पूरा गर्ने कार्यभारसहित राताे लालटिन

0

बुटवल: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले अधुरो क्रान्ति पूरा गर्ने जिम्मेवारी प्राप्त गरेका छन् । सोमबार बुटवलमा ‘आयोजित राष्ट्रका लागि संगीत अभियात्रा’ अन्तरगतको जनसांगीतिक कार्याक्रमबाट उनले अधुरो क्रान्ति पूरा गर्ने जिम्मेवारी पाएका हुन् ।
बरिष्ठ जनवादी गायक तथा सर्जक जीवन शर्माले अधुरो क्रान्तिको रातो लालटिन दिएर सांकेतिक रुपमा क्रान्ति पूरा गर्ने जिम्मेवारी महासचिव विप्लवलाई सुम्पिएका हुन् । जीवन शर्माले रातो लालटिन बोलको क्रान्तिकारी गीत गाउँदै गीतको अन्त्यमा विप्लवलाई स्टेजमा बोलाएर क्रान्तिको रातो लालटिन सुम्पिएका थिए ।
उनको नेकपा माओवादी केन्द्रका नेता सुर्दशन बराल, नेकपा एमालेका नेता मणी थापालाई साँची राखेर क्रान्तिको राता लालटिन दिएका थिए । कार्यक्रममा शर्माले सिमली छायामा बसी, चाँहिदैन मलाई सिसाको महल, रातो लालटिन, सानो छ बालक बोलको गीत मार्फत दर्शकलाई मन्दमुक्त पारेका थिए ।
कार्यक्रममा चिरन सी, नारायण शर्मा, निलिमा पुन, अनिता शर्मा, उदय श्रृष्ठ, कर्ण विद्रोही, कस्मिता दर्लामी, लक्ष्मण पाख्रिन, अनु शर्माले क्रान्तिकारी गीत प्रस्तुल गरेका थिए भने सन्ध्या मगर र कविता पुनले नृत्य प्रस्तुत गरेकी तिइन् ।
सांगीतिक माहोलमा नेकपा महासचिव विप्लव सीले पनि टुटफुट र विभाजनको कुरा नगर बोलको गीत गाएका थिए भने जीवन शर्माको सिमली छायामा बसी बोलको गीतमा नृत्य गरेका थिए । कार्यक्रममा नेकपा सचिवालय सदस्य भरत सी, नेकपा पोलिटब्युरो सदस्य धुब्र सी, प्रज्वलन सी, केन्द्रीय सदस्य प्रयास सी लगायत नेताहरुको उपस्थिति रहेको थियो ।
ध्नगढीदेखि सुरु भएको सांगीतिक अभियात्राको कार्यक्रम सुर्खेत, दाङ हुँदै बुटवल आईपुगेको हो । अर्को कार्यक्रम चितवनमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।