३१ भाद्र २०८१, सोमबार

मिटरब्याज, लघुवित्त र सहकारी ठगी विरुद्ध संघर्ष समिति गठन

0

महोत्तरी । गौशला  नगरपालिका वडा नम्बर ९ स्थित भरतपुरमा मिटरव्याज, लघुवित्त र सहकारी ठगी विरुद्ध संघर्ष समिति निर्माण गरेको छ ।

शुक्रबार अपराह्न लघुवित्त, मिटरव्याज र सहकारी पीडितहरुको एक भेलाबाट सो कमिटी गठन भएको हो ।

भेलाबाट फुलुदेवी शाहको अध्यक्षतामा २३ सदस्यीय संघर्ष समिति निर्माण भएको छ । उक्त भेलामा नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय सदस्य पवन  सी, नेता जनक सी र विद्यार्थी नेता अटल सीको सहभागिता रहेको थियो ।

मिटर ब्याज विरुद्ध संघर्ष समिति, लघुवित्त सहकारी विरुद्ध संघर्ष समिति जस्ता छुट्टाछुट्टै नाममा विभिन्न संघर्ष समितिहरु भएतापनि सोबाट खास परिणाम नआएकोले अहिले एकीकृत ढंगले एकीकृत कमिटी गठन गर्नुपरेको अध्यक्ष फुलुदेवी शाहले जनाएकी छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।