३१ भाद्र २०८१, सोमबार

नेकपा काठमाडौं जिल्ला समिति बैठक सम्पन्न, तीन महिने अभियान संचालन गर्ने

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी काठमाडौं जिल्ला समितिको बैठक सम्पन्न भएको छ । बिहीबार र शुक्रबार बसेको बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको हो ।

बैठकले महिला, विद्यार्थी, श्रमिक, नेवा मुक्ति मोर्चाको तीन महिने अभियान संचालन गर्ने निणर्य गरेको नेकपा काठमाडौं महानगर इन्चार्ज डिआर सीले बताए । डिआरका अनुसार बैठकले वैदेशिक हस्तक्षेप विरुद्ध संघर्ष गर्ने, संगठन विस्तार अभियान चलाउने, लघुवित्त र मिटर व्याजीका विरुद्ध संघर्ष गर्ने लगायतका निर्णय गरेको छ ।

जिल्ला इन्चार्ज माइला सीकाे अध्यक्षतामा बसेको बैठकमा नेकपा स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड सीको प्रमुख आतिथ्यता रहेको थियो भने बैठककाे सञ्चालन जिल्ला सचिव चिरन्जिवी सीले गरेका थिए । बैठकमा केन्द्रीय सदस्य भृकुटी सी, अखिल (समाजवादी) का उपाध्यक्ष ललित सी लगायतको आतिथ्यता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।