३१ भाद्र २०८१, सोमबार

अ.ने.म. संघ क्रान्तिकारी काठमाडौंको जिल्लाको प्रथम भेलाबाट अध्यक्षमा करिष्मा सी निर्वाचित

0

काठमाडौँ– अखिल नेपाल महिला संघ क्रान्तिकारी काठमाडौंको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । बुधबार काठमाडौंको स्वयम्भूस्थित स्टार वेङ्क्वेटको हलमा सम्पन्न भेलाले करिष्मा सीको अध्यक्षतामा २७ सदस्यीय कमिटी गठन गरेको छ ।

भेलाले उपाध्यक्षमा सर्मिला सी र मिना सी, सचिवमा कृष्टिना सी, सह-सचिवमा सपना सी र प्रशंसा सी र कोषाध्यक्षमा कमला सीसहित २७ सदस्यीय कमिटी निर्माण गरि भव्यतापूर्वक उल्लासमय वातावरणमा सम्पन्न भएको हो । सदस्यहरुमा रुगु सी, करिश्मा सी, सर्मिला सी, सपना सी, कृष्टिना सी, अनिता घलान, शुभद्रा सी, अप्सरा सी, विमला सी, सुमित्रा सी, मिनु सी, कुमारी सी, प्रशंसा सी, मिना पुरी, अस्मिता सी, लक्ष्मी लामा, कृष्णमाया सी, सुशिला धामी, गङ्गा तामाङ, मनिषा सी, अमृता चौधरी, माया तामाङ, दुर्गा ढुङ्गाना लगायत रहेका छन् ।

कार्यक्रममा करिस्माको अध्यक्षता रहेको थियो भने नेकपा पोलिट ब्युरो सदस्य तथा काठमाडौँ इन्चार्ज माइला सीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा केन्द्रिय सदस्य अ.ने.म.संघ क्रान्तिकारी केन्द्रिय उपाध्यक्ष भृकुटी सी, नेकपा केन्द्रीय सदस्य काठमाडौँ सेक्रेटरी चिरञ्जीवी सी, नेकपा के.स. अ.ने.म.संघ क्रान्तिकारी महासचिव राजकुमारी सी, नेकपा केन्द्रिय सदस्य आरोह सी, अखिल (समाजवादी) केन्द्रिय अध्यक्ष नरेन्द्र सी, अ.ने.म.संघ क्रान्तिकारी केन्द्रिय सदस्य मिना सी, नेकपा केन्द्रिय सदस्य ध्रुव सी, नेवा मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष सुरेन्द्र महर्जन, अखिल (समाजवादी) केन्द्रिय उपाध्यक्ष एवं बागमती प्रदेश इन्चार्ज ललित सी, अ.ने.म.संघ क्रान्तिकारी काठमाडौ इन्चार्ज विनिता सी, अ.ने.म.संघ क्रान्तिकारी ललितपुर इन्चार्ज ममता सी, अ.ने.म.संघ क्रान्तिकारी भक्तपुर इन्चार्ज बिन्दु सी, अखिल (समाजवादी) छात्रा विभाग प्रमुख तारा सी आतिथ्यता रहेको थियो ।

रुकु सीले सञ्चालन रहेको उक्त कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य एव सामना परिवारका संयोजक आरोह सीको गीत र सामना परिवारका कलाकारले दमदार साङ्गीतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका माइला सीले सामन्तवादले महिलाहरुलाई कुचक्रको जालोमा बाँधेर राखेको बताएका थिए । ‘सामन्तवादले पुजीवादको सिर्जना गरेको, जसको कारण शरीर बन्धक बनाउनुपर्ने, गाँस, बास, कपासको अभाव हुँदा बाध्यताबस यौन कार्यमा लाग्नुपर्ने अवस्था आएको छ ।’, उनले भने, ‘यसको अन्त्य वैज्ञानिक समाजवादमा मात्रै सम्भव भएकाले महिलाहरु समाजवादको यात्राका लागि संगठित हुनुपर्छ । तपाईं संगठित भएर लाग्नुहोस् ।’

नेकपा केन्द्रीय सदस्य तथा अ.ने.म.संघ क्रान्तिकारीकी केन्द्रीय उपाध्यक्ष भृकुटी सीले दाइजो प्रथाले कयौ चेलिहरुले अकालमै ज्यान गुमाउनु पर्ने, जलेर मर्नुपर्ने, बलात्कृत हुनुपर्ने अवस्था सिर्जना भएको बताएकी थिइन् । सामान्तवादले महिलाहरुलाई दासमा परिणत गरेको र पुजीवादले महिलाहरुलाई वस्तुकरण गरेर शरीर बेचिखाने बनाएको बताइन् । लघुवित्तको चर्को मारमा परेका सहकारी पिडितहरुले पनि आफ्नो घर छोड्न पर्ने बाध्यता आएपछि धेरैले आत्महत्याको बाटो रोजेको बताइन् । यसको अन्त्य र महिला मुक्तिका लागि समाजवादी व्यवस्था स्थापनाबाट मात्रै सम्भव भएको उनको भनाई छ । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।