३१ भाद्र २०८१, सोमबार

अखिल (समाजवादी) नारायणी-मधेस प्रदेश सचिवालयको बैठक सम्पन्न

0

पर्सा । अखिल (समाजवादी) नारायणी-मधेस प्रदेश सचिवालयको बैठक सम्पन्न भएको छ । विरगंज महानगरपालिका पर्सामा बसेको बैठकले महत्त्वपूर्ण निर्णय गरेको छ ।

बैठकमा नेकपाका स्थायी समिति सदस्य तथा नारायणी-मधेस प्रदेश इन्चार्ज अनिल सीको प्रमुख आतिथ्यता रहेको थियो । बैठकलाई प्रशिक्षित गर्दै उनले पार्टी/संगठनले लिएको पछिल्लो ६ महिने आवधिक योजनालाई पुर्णतः दिने गरि कार्यन्वयन गर्न निर्देशित गरेका छन् । त्यस्तै बैठकमा नेकपा पर्सा जिल्ला सेक्रेटरी फिरोज सी, संगठनका सचिवालय सदस्य तथा उत्पादन विभागका सह-इन्चार्ज विवेक सीको आतिथ्यता रहेको थियो । 

सचिवालय सदस्य तथा नारायणी-मदेस प्रदेश इन्चार्ज अटल सीको अध्यक्षतामा बसेको बैठकले विद्यार्थी, विद्यालय लगायत समग्र शैक्षिक क्षेत्रमा आमूल परिवर्तनका लागि आवस्यक योजना बनाइ कार्यन्वयन गर्ने निर्णय गरेको छ । साथै संगठनले अबको केही समयमै नमूना कार्य गर्ने, अतिरिक्त क्रियाकलाप सन्चालन गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै संगठनको इकाई/पालिका तथा जिल्ला भेला गर्ने, शैक्षिक सामग्री वितरण गर्ने योजना पनि बनाएको छ । शैक्षिक क्षेत्रमा देखिएका अनियमितता र भ्रष्टाचारको विरुद्ध संगठनले संघर्ष गर्ने र दलालीका लागि अनावश्यक रुपमा सन्चालन गरेका बृजकोर्स लगायतका कोर्स तथा कन्सलटेन्सी खारेज गर्न आवश्यक कदम चाल्ने निर्णय पनि बैठकले गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।