२२ बैशाख २०८१, शनिबार

जनताको मुख्य दुश्मन दलाल पुँजीवादी व्यवस्था हो : विराट सी

0

१५ चैत्र कालिकोट /नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य विराट सीले नेपाली जनताको मुख्य दुश्मन दलाल पुँजीवादी व्यवस्था भएको बताएका छन ।
नेपाल कम्युनिस्ट पार्टी रास्कोट नगर कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सोमबार रास्कोटमा सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन ।

कर्णाली राष्ट्रिय मुक्ति मोर्चाका संयोजक समेत रहेका नेता विराट सीले नेपाली जनताको मुख्य दुश्मन पैसा मात्र चाहिने पुँजीबादी व्यवस्थालाई ध्वस्त नपारी जनताको बैज्ञानिक समाजबादी व्यवस्था प्राप्त नहुने ठोकुवा गरे ।

नेता विराट सीले भने “पैसा चाहिने व्यवस्था बैज्ञानिक समाजबाद होईन, बरू पैसाको सट्टा जनताले राज्यलाई श्रम दिने र राज्यले जनतालाई स्वास्थ्य, शिक्षा, गाँस,बास, कपासमा निशुल्क सेवा दिने व्यवस्था नै बैज्ञानिक समाजबाद हो ।” नेता विराट सीले क्रान्ति बिना बैज्ञानिक समाजबादी व्यवस्था नआउने भन्दै एकीकृत जनक्रान्तिको माध्यमबाट क्रान्ति पूरा गर्नु पर्ने बताए ।

नेकपाका जिल्ला सेक्रेटरी साहासी सीले दलाल संसदीय व्यवस्था बिरूद्ध तीखो भएर लाग्न कार्याकर्तालाई निर्देशन दिए ।

उनले कुखुरा र खसिका टाउका मात्र खाने दलाल व्यवस्थाका मालिकहरुले जनताको पक्षमा कहिल्यै काम गर्न नसक्ने बताए ।

कार्यक्रममा जनपत्रकार संगठन नेपालका केन्द्रीय सचिव बसन्त बि क ले दलाल पुँजीवादी व्यवस्था संरक्षण गर्ने प्रचार युद्ध प्रति भ्रमित नहुन सहभागीहरूलाई सचेत गराए ।

कार्यक्रममा सहिद परिवारको तर्फबाट नहकुल बम, नगर सल्लाहकार समिति सदस्य संघर्ष, युवा संगठन कालिकोटका सचिव देबेन्द्र सी पचालझरना गाउँ कमिटी सदस्य नमराज सी लगायतका व्यक्तिहरूको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको अध्यक्षता मिना सी ले गरेकि थिईन भने कार्यक्रमको संचालन नगर कमिटी इन्चार्ज निर्देशन सी ले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।