५ जेष्ठ २०८१, शनिबार

वैज्ञानिक समाजवादमा मजदुरकाे ज्याला दाेब्बरले बृद्धि हुन्छ : ध्रुब सी

0

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका पाेलिटब्युराे सदस्य ध्रुब सीले वैज्ञानिक समाजवादमा मजदुरहरूको ज्याला दाेब्बरले बृद्धि हुने बताएका छन् । नेकपा केन्द्रीय स्कुल तथा अनुसन्धान विभागले आयाेजना गरेकाे केन्द्रीय राजनीतिक तथा वैचारिक स्कुलकाे पाँचौं दिन बुधबारकाे कक्षामा ध्रुब सीले यस्तो बताएका हुन् ।

मजदुरकाे सजिव श्रमले ज्यालाकाे मूल्य भन्दा बढी माल उत्पादन गर्ने भन्दै नेकपा केन्द्रीय स्कुलिङ विभाग प्रमुख समेत रहेका उनले समाजवादमा मजदुरकाे अतिरिक्त श्रमबाट आएकाे नाफा पनि श्रमिकलाई वितरण गरिने हुँदा मजदुरकाे ज्याला दाेब्बर हुने बताएका हुन् ।

अर्थ राजनीतिक अन्तर्गत ‘अतिरिक्त मूल्य’ शिर्षकमा प्रशिक्षण दिदै उनले पुँजीवादीहरूले श्रमिकको श्रम शोषण गरेर नाफामा आर्जन  गरिरहेकाे भन्दै वैज्ञानिक समाजवादमा यसकाे अन्त्य हुने बताएका हुन् । ‘मुर्त या सजिव श्रमले मालहरूकाे उपयाेग मूल्यकाे सृजना गर्दछ भने अमुर्त तथा वस्तुकृत श्रमले मालहरूकाे विनिमय मूल्यको सृजना गर्दछ । त्यही मालहरूकाे बिक्रीबाट पुँजीपतिले अतिरिक्त मूल्य प्राप्त गर्छन् ।’, उनले भने ‘पुँजीपतिले पाउने यही अतिरिक्त मूल्य समाजवादमा मजदुरले पाउँछन् ‌। त्यही भएर मजदुरकाे ज्याला दाेब्बर हुन्छ ।’

५ सय काेटकाे उदाहरण दिदै उनले पुँजीपतिहरूले श्रम शोषण गरेको प्रमाणित गरेकाे बताए । चौथो दिनको स्कुलमा नेकपा स्थायी समिति सदस्य, केन्द्रीय स्कुल तथा अनुसन्धान विभाग इन्चार्ज भरत सीले दर्शन, केन्द्रीय सदस्यहरू प्रयास सी र तीर्थ सीले वैज्ञानिक समाजवादका छुट्टा छुट्टा कक्षा लिएका थिए । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।